default_image

5 years ago

March 31, 2019

मेस्सीको दुई गोलमा बार्सिलोनाको जित

एजेन्सी – कप्तान लिओनेल मेसीको दुई गोलको मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत घरेलु मैदानमा एस्प्यान्योललाई २-० ले पराजित गरेको छ । भेनेजुएलासँगको हारमा चोट बोकेका अर्जेन्टिनी फरवार्ड मेस्सी क्लब फुटबलमा फर्किएपछि आफ्नो प्रभाव जमाउन सफल भएका हुन् । भेनेजुएलासँग चोट बोकेपछि मोरोक्को विरुद्द अर्जेन्टिनाको जितमा भने उनी खेलेका थिएनन् । पहिलो हाफ गोलरहित रहेपनि […]

38 views

0 Bookmark

एजेन्सी – कप्तान लिओनेल मेसीको दुई गोलको मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत घरेलु मैदानमा एस्प्यान्योललाई २-० ले पराजित गरेको छ ।

भेनेजुएलासँगको हारमा चोट बोकेका अर्जेन्टिनी फरवार्ड मेस्सी क्लब फुटबलमा फर्किएपछि आफ्नो प्रभाव जमाउन सफल भएका हुन् । भेनेजुएलासँग चोट बोकेपछि मोरोक्को विरुद्द अर्जेन्टिनाको जितमा भने उनी खेलेका थिएनन् ।

पहिलो हाफ गोलरहित रहेपनि दोस्रो हाफमा मेस्सीले उत्कृष्ट फ्रि किकमार्फत बार्सिलोनालाई अग्रता दिलाए । भिक्टर स्यान्चेजले उनलाई पेनाल्टी क्षेत्रनजिक लडाएपछि पाएको फ्रिकिकलाई मेस्सीले गोलमा परिणत गर्दै बार्सिलोनालाई ७१ औं मिनेटमा अग्रता दिलाए । त्यस्तै ८९ औं मिनेटमा माल्कमको क्रसलाई सदुपयोग गर्दै उनले बार्सिलोनाको जित सुनिश्चित गरे ।

जितसंगै बार्सिलोनाले दोस्रो स्थानमा रहेको एथ्लेटिको म्याड्रिड भन्दा १३ अंकको अग्रता बनाएपनि अलाभेस विरुद्ध ४-० को जितसंगै एथ्लेटिकोले १० अंकमा छोट्याएको छ।

हाईलाईट्स :


April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.