default_image

5 years ago

April 1, 2019

पीएसजीको जितमा एमबाप्पे नायक

एजेन्सी – फ्रान्सेली लिग अन्तर्गत आइतबार पेरिस सेन्ट जर्मेनले टुलुजलाई पराजित गर्दा युवा फरवार्ड किलियन एमबाप्पेले खेलको एकमात्र गोल गरेका छन् । निकै प्रतिस्पर्धात्मक खेलको ७४ औं मिनेटमा एमबाप्पेले गरेको गोल नै निर्णायक सावित भयो । उनले बलमा उत्कृष्ट नियन्त्रण देखाउँदै गरेको फिनिस पीएसजीको जितका लागि पर्याप्त रहयो । एमबाप्पेको यो जारी लिगमा ३१ औं […]

31 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली लिग अन्तर्गत आइतबार पेरिस सेन्ट जर्मेनले टुलुजलाई पराजित गर्दा युवा फरवार्ड किलियन एमबाप्पेले खेलको एकमात्र गोल गरेका छन् ।

निकै प्रतिस्पर्धात्मक खेलको ७४ औं मिनेटमा एमबाप्पेले गरेको गोल नै निर्णायक सावित भयो । उनले बलमा उत्कृष्ट नियन्त्रण देखाउँदै गरेको फिनिस पीएसजीको जितका लागि पर्याप्त रहयो । एमबाप्पेको यो जारी लिगमा ३१ औं गोल पनि हो ।

पीएसजीले त्यसअघि नै गोल गरेको भएपनि भिडियो असिस्टेन्ट रेफ्रीले मार्किन्होसको गोललाई मान्यता दिएको थिएन । यस जितसँगै पीएसजीले लिगको शीर्ष स्थानमा २० अंकको अग्रतालाई कायम राखेको छ ।

पीएसजीले लिगका २९ खेलमा ८० अंक जोडेको छ । दोस्रो स्थानमा रहेको लिलले २९ खेल खेल्दै ६० अंक जोडेको छ ।

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.