एजेन्सी – १० खेलाडीमा समेटिएको जर्मन च्याम्पियन बायर्न म्युनिखले नाटकीय जित निकाल्दै जर्मन कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

निकै नै रोमाञ्चक र नाटकीय बनेको खेलमा बायर्नले दोस्रो डिभिजनको हेइडेनहेनलाई ५–४ ले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो ।
बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले दुई तथा लियोन गोरेट्जका, थोमस मुलर र सर्जी जिनाब्रीले समान १ गोल गरे । हेइडेनहेनका रोवर्ट ग्लाटजेलले ह्याट्रिक पुरा गरे । मार्क स्चेननेटेररले एक गोल थपे ।

खेलको १२औं मिनेटमा लियोन गोरेट्जकाको गोलबाट बायर्न खेलमा अघि बढेको थियो । तर, १५औं मिनेटमा निकलस सुल रातो कार्ड खादै मैदान बाहिरिएपछि बायर्न समस्यामा परेको थियो ।
बायर्न १० खेलाडीमा समेटिएको फाइदा उठाउदै हेइडेनहेनले पहिलो हाफमा २–१ को अग्रता बनाउन सफल भएको थियो । २६औं मिनेटमा रोवर्ट ग्लाटजेलले तथा ३९औं मिनेटमा मार्कले गोल गरेका थिए ।
दोस्रो हाफमा १२ मिनेटको अन्तरमा बायर्नले ३ गोल गर्दै खेललाई ४–२ को अवस्थामा ल्याएका थिए । ५३औं मिनेटमा मुलरले गोल गरे । ५५औं मिनेटमा लेवान्डोस्कीले तथा ६५औं मिनेटमा सर्जी जिनाब्रीले गोल गरे ।

त्यसपछि रोवर्टले ७४औं र ७७औं मिनेटमा गोल गर्दै खललाई ४–४ गोलको बराबरीमा ल्याएका थिए।
८४औं मिनेटमा रोवर्टले गोल गर्दै बायर्नलाई ५–४ को नाटकीय जित दिलाए ।