default_image

5 years ago

April 4, 2019

बागलुङका उदीयमान खेलाडी विविध

अर्जुन कार्की, बागलुङ जापानमा भएको कोपा पुमा टोरेरस कप फुटबलमा नेपाली टोली क्वाटरफाइनलबाट बाहिरिदै नेपाल फर्केको छ । नेपालको यू–१२ टोलीले प्रतिस्पर्धा गरेको ९ खेलमा ४ मा बराबरी ३ मा जित र २ मा हार बेहोर्दै क्वाटरफाइनलबाट बाहिरिदै नेपाली टोली घर फर्केको हो । कास्की जिल्ला फुटबल संघले नेपालको १८ जिल्लाबाट १२ वर्षमुनीका १२ जना […]

34 views

0 Bookmark

अर्जुन कार्की, बागलुङ

जापानमा भएको कोपा पुमा टोरेरस कप फुटबलमा नेपाली टोली क्वाटरफाइनलबाट बाहिरिदै नेपाल फर्केको छ । नेपालको यू–१२ टोलीले प्रतिस्पर्धा गरेको ९ खेलमा ४ मा बराबरी ३ मा जित र २ मा हार बेहोर्दै क्वाटरफाइनलबाट बाहिरिदै नेपाली टोली घर फर्केको हो ।

कास्की जिल्ला फुटबल संघले नेपालको १८ जिल्लाबाट १२ वर्षमुनीका १२ जना खेलाडीहरु छनोट गर्ने क्रममा ९ जिल्लाका मात्र खेलाडीहरु छनोट भएका थिए । उक्त प्रतियोगितामा भाग लिनको लागि बागलुङबाट पहिलो पटक टिममा स्थान बनाएका १२ वर्षिय खेलाडी विविध थापाले प्रतियोगिताभर उत्कृष्ट खेल प्रस्तुत गरेका थिए ।

नेपालले खेलेका सबै खेलमा सहभागी डिफेन्डर थापाले खेल अवधिभर उत्कृष्ट खेल प्रस्तुत गर्दै ३ गोल समेत गरे । उनले ९ खेलमा ३ गोल गरेका हुन् । उनले तीन पटक नै कर्नर बललाई जालि चुमाउँदै आफ्नो नाममा गोल दर्ता गरेका थिए । बागलुङका थापाले नुमाजु, ग्रिन टाउन र ओमियासँगको खेलमा गोल गरेका थिए ।

कास्की जिल्ला फुटबल संघको संयोजन र जापानको फनरुट्स एकेडेमीको सहकार्यमा नेपालबाट १२ वर्षसम्मका बालबालिकाहरुले प्रतियोगितामा सहभागिता जनाउँदै छ । डिफेन्डर पोजिसनमा खेल्ने थापाले मिडफिल्डमा समेत उत्कृष्ट खेल प्रस्तुत गर्न सक्छन् । नेपालको टिमबाट जापानको पुमा टोरेरस कप फुटबल खेलेका थापा जिल्लाकै पहिलो खेलाडी हुन् । जापानमा उत्कृष्ट खेल प्रस्तुत गरेपछि उनलाई जिल्लाको उदाउँदो खेलाडीको रुपमा हेरिएको छ ।

प्रतियोगितामा नेपाली टिमलाई सहभागिता गराउनको लागि मुख्य भुमिका खेलेका नेपालका पूर्व राष्ट्रिय खेलाडी बसन्त गौचनले नेपाली खेलाडीहरुको प्रदर्शनले आफुलाई खुसी लागेको बताएका थिए । टिमलाई प्रशिक्षण समेत दिएका गौचनले नेपाली खेलाडीहरुले राम्रो प्रशिक्षणको मौका पाएमा अझै राम्रो गर्न सक्ने बताए ।

बागलुङका खेलाडीहरुले नेपालको उमेर समुहको राष्ट्रिय टिममा स्थान बनाउँदै खेल प्रस्तुत गरेपनि अहिलेसम्म सिनियर राष्ट्रिय टोलीमा स्थान बनाउन सकेका छैनन् । थापाले आफूले पछि नेपालको जर्सी लगाएर देशको लागि खेल्ने सपना देखेको बताएका छन् ।

थापा जिल्ला फुटबल संघ बागलुङका उपाध्यक्ष विकास थापाका जेठा छोरा हुन् । उपाध्यक्ष थापा पनि पहिले जिल्लाबाट खेल्दा डिफेन्डरको भुमिकामा खेल्ने गरेका थिए । छोराले आफ्नो पाइला पछाएकोमा खुसी लागेको उपाध्यक्ष थापाले बताए ।

आफूले नेपालको जर्सी लगाएर देशको लागि खेल्ने सोच बनाएपनि उक्त सपना पुरा नभएको दुःख लाग्ने गरेपनि अहिले छोराको प्रगतिले आफ्नो अधुरो सपना छोराले पूरा गर्न सक्ने थापाले बताए । ‘छोराले राम्रो खेल प्रस्तुत गरेको छ त्यसमा धेरै खुसी लागेको छ,’ थापाले भने–,आफ्नो सपना पुरा नभएपनि छोराको सपना पुरा गर्नको लागि उसलाई खेल प्रति लाग्न आफुले सधै साथ दिनेछु ।’

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.