दिपक बोहोरा, पाँचथर
साविक विजेता बिर्तामोड युनाइटेडले तेस्रो पाँचथर गोल्डकपमा बिजयीसुरुवात गरेको छ । रेडहर्स इलामलाई ट्रइबेकरमा हराउदै बिर्ता क्वाटर फाइनल प्रबेश गरेको छ । बिर्ताले इलामलाइ ट्राइबेकरमा ५–४ ले हराएको हो ।

फिदिम माविको मैदानमा भएको खेलमा निर्धारीत समयमा दुवै टिमबाट एक-एक गोल भएपछि खेल ट्राइबेकरमा गएको थियो । खेलका्े १० औं मिनेटमा इलामका डिफेन्डरले बल क्लियर गर्न नसक्दा झापाका डिकेशले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । ३३ औं मिनेटमा इलामका विरेन्द्र लिम्बुले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
टाइब्रेकरमा झापाका योगेश गुरुङ, दिलेन लोक्ताम, बिकि चौधरी, राजकुमार कन्दङवा र निशान्त खड्काले गोल गरेका थिए । इलामका मनिश थापा, पुर्ण चेम्जोङ, पासाङ शेर्पा र हरी सिटौलाले मात्र गोल गरेका थिए । दर्शन गुरुङको प्रहार बाहिरीएको थियो । खेलको म्यान अफ दि म्याच योगेश गुरुङ भए । उनले नगद दश हजार प्राप्त गरे ।