default_image

5 years ago

April 8, 2019

पीएसजी बराबरीमा रोकियो

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा स्टार्सवर्गसँग बराबरीमा रोकिएको छ । लिग वानअन्तर्गत आइतबार पीएसजी घरेलु मैदानमा स्टार्सवर्गसँग २–२ गोलको बराबरीमा रोकिएको हो । लिग वानमा पीएसजीको यो तेस्रो बराबरी हो । घरेलु मैदान पार्क दि प्रिन्सेस पेरिसमा भएको खेलमा पीएसजीले अग्रपङ्तिमा युवा खेलाडीलाई मौका दिएका थिए । चोटका कारण नेयमार र […]

51 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा स्टार्सवर्गसँग बराबरीमा रोकिएको छ । लिग वानअन्तर्गत आइतबार पीएसजी घरेलु मैदानमा स्टार्सवर्गसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।

लिग वानमा पीएसजीको यो तेस्रो बराबरी हो । घरेलु मैदान पार्क दि प्रिन्सेस पेरिसमा भएको खेलमा पीएसजीले अग्रपङ्तिमा युवा खेलाडीलाई मौका दिएका थिए । चोटका कारण नेयमार र एडिन्सन कभानीको साथ नपाएको पीएसजीले केलियन एमबाप्पे र एन्जल डि मारियालाई विश्राम दिएका थियो ।

बराबरीमा रोकिएसँगै पीएसजीले यो सिजनको उपाधिको लागि अर्काे खेल कुर्नुपर्ने भएको छ । स्टार्सवर्गविरुद्ध जित निकालेको भए पीएसजीले ८ खेल अगावै यो सिजनको लिग वानको उपाधि जित्ने थियो । पीएसजीको समग्रमा सातौं सिजनमा छैटौं उपाधि हुनेछ ।

पीएसजीका लागि इरिक म्याक्सिम चुपो मोटिङ र थिलो केहररले गोल गरे । स्टार्सवर्गका नुनो डि कोस्टा र एन्थोनीले गोल गरे । खेलको १३औं मिनेटमा इरिकको गोलबाट घरेलु टोलीले अग्रता बनाएको थियो । २६औं मिनेटमा नुनोले बराबरी गोल फर्काए । ३८औं मिनेटमा एन्थोनीले गोल गरेपछि घरेलु टोली पहिलो हाफमा २–१ ले पछि परेको थियो ।

वैकल्पिक खेलाडी डिफेन्डर थिलो केहररले गोल गर्दै पीएसजीलाई २–२ गोलको बराबरीमा ल्याए । थिलो ७६औं मिनेटमा क्रिस्टोफोरको स्थानमा मैदान प्रवेश गरेका थिए । दोस्रो हाफमा पीएसजीले युवा स्टार फरवार्ड एमबाप्पेलाई मैदानमा उतारेपनि उनले गोल गर्न भने सकेनन् ।

पीएसजीले खेलभर नै स्टार्सवर्गलाई दवावमा राखेको थियो । पीएसजीको एक मुभमा चुपो मोटिङले गोल गर्ने प्रयास गर्दा आफ्नै सहयात्रीले गरेको प्रहार गोललाईनबाट बचाइदिएपछि पीएसजी बराबरीम रोकिएको थियो । पीएसजीले बराबरी नतिजाका कारण ८ खेल अगावै च्याम्पियन बन्ने खुशीयाली मनाउन पाएन ।

बराबरीपछि पिएसजीको ३० खेलबाट ८१ अंक पुगेको छ । पीएसजीले दोस्रो स्थानको लिलेलाई २० अंकले पछि पारेको छ । लिलको ३१ खेलमा ६१ अंक रहेको छ । स्टार्सवर्ग ४३ अंकसहित नवौं स्थानमा छ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.