default_image

5 years ago

April 9, 2019

च्याम्पियन्स लिग फाइनलमा मेसी र रोनाल्डो भिड्ने सम्भावना

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनल चरणका खेलहरु मंगलबारदेखि सुरु हुँदैछन् । युरोपका शीर्ष ८ टोली क्लब फुटबलकै सबैभन्दा प्रतिष्ठित प्रतियोगिताको उपाधि जित्न आतुर देखिन्छन् । आधुनिक फुटबलका दुई शिर्षस्थ स्टारद्वय क्रिस्टियानो रोनाल्डो र लिओनेल मेसी पनि यस सिजन च्याम्पियन्स लिग उपाधिको होडमा कायम छन् । रोनाल्डोको टोली युभेन्टसले स्पेनिस टोली एटलेटिको म्याड्रिडलाई पराजित […]

38 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनल चरणका खेलहरु मंगलबारदेखि सुरु हुँदैछन् । युरोपका शीर्ष ८ टोली क्लब फुटबलकै सबैभन्दा प्रतिष्ठित प्रतियोगिताको उपाधि जित्न आतुर देखिन्छन् ।

आधुनिक फुटबलका दुई शिर्षस्थ स्टारद्वय क्रिस्टियानो रोनाल्डो र लिओनेल मेसी पनि यस सिजन च्याम्पियन्स लिग उपाधिको होडमा कायम छन् । रोनाल्डोको टोली युभेन्टसले स्पेनिस टोली एटलेटिको म्याड्रिडलाई पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको थियो । त्यसक्रममा रोनाल्डोले ह्याट्रिक गर्दै समग्रमा ३-२ को जित दिलाए । यता बार्सिलोनाले लियोनलाई पराजित गर्दा पनि मेसी नै नायक सावित भए ।

च्याम्पियन्स लिगको इतिहासमा रोनाल्डो सर्वाधिक ५ पटक उपाधि जित्ने खेलाडी हुन् । गतवर्ष रियल म्याड्रिडले लगातार तेस्रो सिजन उपाधि जित्दा रोनाल्डोको भूमिका महत्त्वपूर्ण रहेको थियो । यता मेसी पनि च्याम्पियन्स लिग उपाधिमा रोनाल्डोलाई पछ्याइरहेका छन् । पछिल्लो पटक सन् २००८-०९ सिजनको च्याम्पियन्स लिग फाइनलमा यी दुई खेलाडी आमनेसामने भएका थिए । त्यसबेला रोनाल्डो म्यानचेस्टर युनाइटेडबाट खेल्थे ।

मेसीले उक्त खेलमा गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई पराजित गरेका थिए । रोनाल्डो त्यसपछि रियल म्याड्रिड आएर ४ पटक च्याम्पियन्स लिग जितिसकेका छन् । उनले त्यसअघि युनाइटेडमै रहेर सो उपाधि जितेका थिए । यस सिजन पनि मेसी र रोनाल्डो च्याम्पियन्स लिगको उपाधि भिडन्तमा आमनेसामने हुने सम्भावना रहेको छ ।

क्वाटरफाइनल खेलमा युभेन्टसले बुधबार आयाक्सको सामना गर्दैछ । यद्यपी उक्त खेलका लागि रोनाल्डोको उपस्थितिबारे प्रश्न उठिरहेको छ । चोटका कारण उनले खेल्ने-नखेल्ने पक्का भएको छैन । बार्सिलोनाले सोहि समयमा म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ ।

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.