default_image

5 years ago

April 10, 2019

‘केनको अभाव महसुस हुनेछ’ – प्रशिक्षक पोचेटिनो

एजेन्सी – टोटेनहम हट्स्परका फरवार्ड ह्यारी केनले जारी सिजनका बाँकी खेल गुमाउने सम्भावना प्रबल रहेको छ । च्याम्पियन्स लिगको क्वाटरफाइनलअन्तर्गत पहिलो लेगको खेलमा मंगलबार केनले चोट बोकेका थिए । डिफेन्डर फाबियन डेल्फले ट्याकल गर्ने क्रममा मैदान बाहिर पुगेका केनको एन्कलमा चोट लागेको थियो । चोट बोकेपछि केनले मैदानमा फर्कन सकेनन् । उनलाई तुरुन्तै विस्तृत परिक्षणका […]

25 views

0 Bookmark

एजेन्सी – टोटेनहम हट्स्परका फरवार्ड ह्यारी केनले जारी सिजनका बाँकी खेल गुमाउने सम्भावना प्रबल रहेको छ । च्याम्पियन्स लिगको क्वाटरफाइनलअन्तर्गत पहिलो लेगको खेलमा मंगलबार केनले चोट बोकेका थिए ।

डिफेन्डर फाबियन डेल्फले ट्याकल गर्ने क्रममा मैदान बाहिर पुगेका केनको एन्कलमा चोट लागेको थियो । चोट बोकेपछि केनले मैदानमा फर्कन सकेनन् । उनलाई तुरुन्तै विस्तृत परिक्षणका लागि लागिएको थियो । खेलपछि उनलाई वैशाखीको सहारामा बाहिर जाँदै गरेको देखिएको थियो । उनले बुधबार एमआरआई स्क्यान गरेपछि चोटबारे विस्तृत रुपमा थाहा हुनेछ ।

टोटेनहमका प्रशिक्षक मौरिसियो पोचेटिनोले भने केनको अनुपस्थितिले टोलीलाई घाटा हुने स्वीकारेका छन् । ‘यो हाम्रो लागि चिन्ताको विषय हो । हामीले उनको अभाव पक्कै महसुस गर्नेछौं । चोट ठूलो भए उनले सिजनका बाँकी खेल खेल्न पाउने छैनन् । आशा गरेका छौं की चोट सानो नै छ,’ उनले भने ।

केन जनवरीमा सोहि ठाउँमा चोट बोकेपछि झन्डै दुई महिना मैदानबाहिर रहेका थिए । उनले अघिल्लो सिजन पनि एक महिना चोटका कारण विश्राम लिएका थिए । सन् २०१६-१७ सिजनमा पनि केनले डेढ महिना र एक महिना गरेर दुई पटक विश्राम लिनुपरेको थियो ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.