default_image

5 years ago

April 10, 2019

बार्सिलोनालाई रोक्न म्यानचेस्टर तयार

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा आज राति इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले क्याटलान क्लब बार्सिलोनाको आतिथ्यता गर्दैछ । खेल म्यानचेस्टर युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा आज राति १२ः४५ बजेपछि सुरु हुनेछ । घरेलु टोली युनाइटेड बार्सिलोनालाई पराजित गर्दै सेमिफाइनल पुग्ने सम्भावनालाई बलियो बनाउने योजनामा मैदान उत्रनेछ । घरेलु मैदानमा युनाइटेडले बार्सिलोनासँग हारेको इतिहास […]

37 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा आज राति इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले क्याटलान क्लब बार्सिलोनाको आतिथ्यता गर्दैछ ।

खेल म्यानचेस्टर युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा आज राति १२ः४५ बजेपछि सुरु हुनेछ । घरेलु टोली युनाइटेड बार्सिलोनालाई पराजित गर्दै सेमिफाइनल पुग्ने सम्भावनालाई बलियो बनाउने योजनामा मैदान उत्रनेछ । घरेलु मैदानमा युनाइटेडले बार्सिलोनासँग हारेको इतिहास छैन । आफ्नो मैदानमा युनाइटेडले चार खेल खेल्दा समान दुई जित र बराबरीको नतिजा निकालेको छ ।

युनाइटेड यही लयलाई निरन्तरता दिने लक्ष्यमा मैदान उत्रनेछ । तर, युनाइटेडले च्याम्पियन्स लिगको नकआउटको पछिल्ला ११ खेलमा २ मा मात्र सफलता हात पारेको छ । त्यसमा दुई जित ३ बराबरी र ६ हार समावेश छ । सन् २०११/१२ को सिजनको सेमिफाइनलमा चेल्सी बाहिरिएसँगै पछिल्ला १० खेलमा इंग्लिस क्लब स्पेनिस टोलीसँग निराश हुँदै आएको छ । यसलाई तोड्न म्यानचेस्टर तयार छ ।

यो सिजन मध्यम सुरुवात गरेको म्यानचेस्टरले नयाँ प्रशिक्षकको रुपमा ओले गनर सोल्सजरलाई अनुबन्ध गरेपछि राम्रो प्रदर्शन गरिरहेको छ । युनाइटेडसँग स्टार खेलाडीहरु पल पोग्बा, मार्क्स रासफोर्ड, जेसे लिङ्गार्ड र एन्थोनी मार्सियलजस्त खेलाडीहरु रहेका छन् ।

यता, बार्सिलोना घरेलु मैदानमा युनाइटेडलाई स्तब्ध बनाउने लक्ष्यमा मैदान उत्रनेछ । बार्सिलोनासँग आधुनिक फुटबलका स्टार कप्तान लियोनेल मेस्सीको साथ रहेको छ । उनलाई लुइस स्वारेज, इभान राकिटिच, आर्थर, आर्टुरो भिडाल र जेरार्ड पिके जस्ता खेलाडीहरुले साथ दिनेछन् ।

लियोनेल मेस्सीले इंग्लिस टोलीविरुद्धको ३० खेलमा २२ गोल गर्न सफल भएका छन् । तर, मेस्सीले पछिल्लो समय क्वाटरफाइनल चरणमा भने गोल गर्न भने निकै संघर्ष गरिरहेका  छन् । दोस्रो लेग बार्सिलोनाको मैदानमा १७ अप्रिलमा हुनेछ ।

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

Success

Thank you for your time.