7 years ago
April 19, 2019
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपकै शीर्ष क्लबमध्य गनिन्छ । पछिल्लो समय केहि फितलो प्रदर्शन गरेपनि क्लबको इतिहास निकै बलियो रहेको छ । विश्व फुटबलका स्टार खेलाडीले म्यानचेस्टर युनाइटेडको जर्सी लगाएका छन् । धेरै खेलाडीको सपना यस क्लबबाट खेल्ने हुन्छ ।
केहि यस्ता खेलाडी पनि छन् जसले युनाइटेडको जर्सी लगाउने मौका पाएपनि त्यहाँ रहेर राम्रो प्रदर्शन गर्न सकेनन् । ती खेलाडीले युनाइटेड छाडेर अन्यत्र गएपछि भने आफ्नो स्तरको प्रदर्शन देखाउन सके र प्रमाणित गर्न सफल रहे । प्रस्तुत छन् ५ खेलाडी जसले युनाइटेड छाडेपछि आफ्नो करिअरलाई राम्रो दिशा दिन सके :
५. विल्फ्रिड जाहा (क्रिस्टल प्यालेस, २०१५)

युनाइटेडले सन् २०१३ मा जाहालाई १० मिलियन पाउन्डमा खरिद गरेको थियो । युनाइटेडमा रहेर जम्मा ४ खेल खेलेका उनले दुई वर्षपछि ६ मिलियनमा प्यालेस पुगे । त्यसपछि लगातार राम्रो प्रदर्शन गरेका उनलाई ठूला क्लबहरुले अनुबन्धन गर्ने प्रयास गरिरहेका छन् ।
४. डिएगो फोर्लान (भिल्लारियल, २००४)

प्रिमियर लिगमा अवसर पाएर पनि आफ्नो छाप बसाउन नसकेका फोर्लान सन् २००४ मा स्पेनिस टोली भिल्लारियल गए । युनाइटेडका लागि ६३ खेलमा जम्मा १० गोल गरेका उरुग्वेका फरवार्ड फोर्लानले भिल्लारियलमा भने पहिलो सिजनमा नै २५ गोल गरे । त्यसपछि दुई सिजन त्यहाँ खेलेर उनले एटलेटिको म्याड्रिडसँग सम्झौता गरे । एटलेटिकोका आधुनिक फुटबलका लेजेण्ड मानिने उनले क्लबलाई घरेलु तथा युरोपको प्रतियोगितामा पनि सफलता दिलाए ।
३. क्रिस्टियानो रोनाल्डो (रियल म्याड्रिड, २००९)

म्यानचेस्टर युनाइटेडबाट सम्भव भएका सबै उपाधि जितेपछि रियल म्याड्रिड पुगेका रोनाल्डोले त्यसयता पनि लगातार उत्कृष्ट प्रदर्शन गरेका छन् । रियलमा झन्डै एक दशक उच्च लयमा फुटबल खेलेका रोनाल्डोलाई युभेन्टसले मोटो रकम खर्चेर अनुबन्धन गर्यो । युनाइटेडले त्यसबेला पाएको ८० मिलियन पाउन्ड अहिले निकै सस्तो सावित भएको छ ।
२. पल पोग्बा (युभेन्टस, २०१२)

युनाइटेडकै युथ एकेडेमीका भएपनि पोग्बाले सिनियर टोलीमा मौका नपाएपछि सन् २०१२ मा क्लब छाड्ने निर्णय गरे । सम्झौता सकिएपछि युभेन्टस पुगेका उनले इटालीमा चार वर्ष विश्वस्तरीय प्रदर्शन गरे । युनाइटेडले सन् २०१६ मा विश्व कीर्तिमानी रकम तिरेर उनलाई फिर्ता बोलाउनुपर्यो ।
१. जेरार्ड पिके (बार्सिलोना, २००८)

सन् २००४ मा बार्सिलोना छाडेर युनाइटेड पुगेका डिफेन्डर पिकेले युनाइटेडमा उक्त जमानाका स्टार डिफेन्डरद्वय नेमान्जा भिदिच र रिओ फर्डीनान्डसँग प्रतिस्पर्धा गर्नुपर्यो । खेल्ने कम मौका पाएपछि सन् २००८ मा उनी ५ मिलियन पाउन्डमा बार्सिलोना पुगे । त्यसबेला दुवै तर्फ यो सम्झौता राम्रो देखिएपनि त्यसयता पिकेले गरेको प्रदर्शनले भने युनाइटेडलाई घाटा पुगेको देखिन्छ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]