काठमाडौं (हाम्रो खेलकुद) – इटालियन क्लब एसी मिलानको जुनियर फुटबल क्याम्प राजधानीमा शुक्रबार सकिएको छ । एटलान्टिक स्पोट्र्स म्यानेजमेन्टले दोस्रो पटक आयोजना गरेको फुटबल क्याम्प ६ दिन सम्म अखिल नेपाल फुटबल संघ (एन्फा) को कम्प्लेक्समा सञ्चालन गरिएको थियो ।

क्याम्पमा ७ देखि १७ वर्षमुनिका भन्डै सय खेलाडीले भाग लिएको आयोजकले जनाएको छ ।
क्याम्पबाट उत्कृष्ट मध्ये एक खेलाडीले मिलानमा प्रशिक्षणको मौका पाउनेछन् । केहि दिनमा छनोट हुने खेलाडीको नाम सार्वजनिक गरिने बताइएको छ ।
मिलानबाट ४ प्रशिक्षक (एड्रियाना निकोली, पाओलो कार्ली, ग्राबियल मोरोक्को र सिमोन बोनीनी) प्रशिक्षणका लागि राजधानी आएका थिए भने नेपालका १० प्रशिक्षकले उनीहरुलाई सघाएका थिए ।