default_image

7 years ago

April 16, 2019

आर्सनल चौथो स्थानमा उक्लियो

150 views

0 Bookmark

एजेन्सी – वाटफोर्डमाथि कठिन जित निकाल्दै आर्सनल इंग्लिस प्रिमियर लिग फुटबलमा चौथो स्थानमा उक्लिएको छ ।

वाटफोर्डको मैदानमा सोमबार राति भएको खेलमा आर्सनलले १० खेलाडीमा समेटिएको वाटफोर्डमाथि १–० को संघर्षपुर्ण जित निकालेको हो । खेलको १०औं मिनेटमा पिएरे इमरिक औबामियाङले गोल गर्दै आर्सनलाई अग्रता दिलाएका थिए ।

त्यसलगत्तै घरेलु टोली १० खेलाडीमा समेटिएको थियो । वाटफोर्डका कप्तान ट्रोए डेनीले आर्सनलका लुकास टोरेरालाई एलबो प्रहार गरेपछि रेफ्री क्रेइग पासनले सोझै रातो कार्ड देखाएका थिए ।

त्यसपछि आर्सनलले त्यो फाइदा उठाउन सकेन । जितसँगै आर्सनल प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ ।

आर्सनलको ३३ खेलबाट ६६ अंक पुगेको छ । आर्सनलको एक खेल बढी खेलेको चेल्सीसँग अंक बराबरी भएपनि गोल अन्तरमा आर्सनल अघि बढेको हो । ८५ अंकसहित लिभरपुल शीर्ष तथा म्यानचेस्टर सिटी ८३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.