7 years ago
April 16, 2019
एजेन्सी – बार्सिलोनाले युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनल चरणअन्तर्गत पहिलो लेगको खेलमा म्यानचेस्टर युनाइटेडलाई १-० ले पराजित गर्यो । उक्त जितसँगै बार्सिलोनाले च्याम्पियन्स लिगमा आफ्नो अपराजित यात्रा कायम राख्यो ।

गत बुधबार भएको खेलमा लुक शअले गरेको आत्मघाती गोल नै बार्सिलोनाको जितका लागि पर्याप्त रहयो । जितले बार्सिलोनालाई मंगलबार हुने दोस्रो लेगको खेलका लागि ठूलो फाइदा पुगेको छ । उक्त जितसँगै बार्सिलोना च्याम्पियन्स लिगमा एकमात्र अपराजित टोलीको रुपमा पन अगाडी बढेको छ ।
हालसम्म च्याम्पियन्स लिगमा खेलेका ९ खेलमध्य बार्सिलोनाले कुनैमा हर बेहोरेको छैन । सन् २०१७/१८ मा रोमाविरुद्ध अप्रत्यासित हार बहोरेपछि क्लबले रणनीतिक रुपमा निकै परिवर्तन गरेको छ । जम्मा ३ खेल बराबरी खेलेको बार्सिलोना सन् २०१५ यता पहिलो पटक च्याम्पियन्स लिग जित्ने दाउमा छ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]