default_image

7 years ago

April 16, 2019

एएफसी छनोटका लागि महिला टोलीको घोषणा

135 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी छनोटको दोस्रो चरण खेल्ने नेपाली यु–१९ महिला राष्ट्रिय टोलीको घोषणा गरेको छ ।


टोलीका मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले सरु लिम्वुको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा गरेको हो । प्रतियोगिताको तयारीका लागि नेपाली टिम बुधबार चीन जाने तयारीमा छ । नेपालले चीनको चिन्डु स्टेटको उमेर समूहको टोलीसँग दुई मैत्रीपुर्ण खेल खेल्ने तालिका छ ।

थाइल्याण्डमा भएको पहिलो चरणमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको थियो । थाइल्याण्डसँग ४–० ले पराजित भएपनि नेपालले भारतलाई २–० ले तथा पाकिस्तानलाई ९–० ले पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएको थियो ।

दोस्रो चरणको छनोट अप्रिल २६ बाट ३० सम्म हुदैछ । छनोटको शीर्ष टोलीले एएफसी यू–१९ च्याम्पियनसिपमा स्थान बनाउने छन् । नेपाल रहेको छनोटको समूह ‘ए’ मा अष्ट्रेलिया, उज्वेकिस्तान र म्यानमार रहेका छनन् । नेपालले २६ अप्रिलमा अष्ट्रेलियासँग खेल्दै छनोटको सुरुवात गर्नेछ । अप्रिल २८ मा उज्वेकिस्तान र ३० अप्रिलमा म्यानमारसँग खेल्ने तालिका छ ।

नेपाली टोली
गोलरक्षकः अन्जना राना मगर, रेबिका राई, उषानाथ

डिफेन्डरः निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, बिमला विश्वकर्मा, पुजा रानामगर, सलोनी राना मगर, सबिता राना मगर

मिडफिल्डरः सरु लिम्बु (कप्तान), मन्जली कुमारी योञ्जन, मेनुका आले मगर, अस्मिता वैद्य, मनिषा राउत, सुहानी कुशुवार, प्रीति राई, सम्झना लावती ।

फरवार्डः रश्मी कुमारी घिसिङ, एलिसा जिम्बा, रेखा पौडेल र निर्मला उपाध्याय ।


मुख्य प्रशिक्षकः हरिओम श्रेष्ठ
प्रशिक्षक : प्रकाश वैद्य
गोलरक्षक प्रशिक्षकः अस्मिता खवास
टिम म्यानेजरः जमुना गुरुङ
फिजियोः नवीना श्रेष्ठ

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.