default_image

7 years ago

April 16, 2019

काभ्रेमा नेपाल आइस बीबीसी कप यसै महिना

130 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- काभ्रेको बनेपा ब्वाइज क्लब (बीबीसी) को आयोजनामा बीबीसी कप नाइन ‘ए’ साइड फुटबल प्रतियोगिता बैशाख २० गतेबाट आयोजना हुने भएको छ ।

सिजी ब्रुअरीको उत्पादन नेपाल आइसको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिताको उद्देश्य काभ्रेमा फुटबललाई अझै लोकप्रिय र स्थानिय खेलाडी उत्पादन गर्ने लक्ष्यान प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष महेश कर्माचार्यले पत्रकार सम्मेलनमा जानकारी गरायो ।

नकआउटका आधारमा हुने प्रतियोगितामा बढीमा ३२ क्लबको सहभागिता रहने क्लबले अनुमान गरेको छ ।
प्रतियोगिता बनेपा बहु प्राविधिक शिक्षालय बनेपाको मैदानमा बैशाख २० गतेबाट जेठ २ गतेसम्म सञ्चालन हुनेछ ।
काभ्रे जिल्लाको फुटबल बिकास र राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले बीबीसी २०६७ सालमा स्थापना भएको थियो स्थापना कालदेखि नै सहिद स्मारक ‘सी’ डिभिजन लिगको छनोट खेलेपनि बीबीसी छनोट हुन सकेको छैन । तर, क्लबबाट उत्पादित खेलाडीले राष्ट्रिय टोलीको ढोका उघारिसकेका छन् । नेपाली सेनामा रहेका जर्ज प्रिन्स कार्की बीबीसीकै उत्पादन हुन् ।
प्रतियोगिताको विजेताले २ लाख तथा दोस्रो हुनेले १ लाख रुपैया हात पार्नेछन् । प्रतियोगिताको सर्वात्कृष्ट गोलरक्षक, रक्षक, मिडफिल्ड, फरवार्ड, सर्वाधक गोलकर्ता र प्रशिक्षकले जनही ५ हजार पाउनेछन् । अनुशाषित टोलीले १० हजार रुपैया तथा हरेक खेलको म्यान अफ दि म्याचले जनही २ हजार पाउनेछन् ।
प्रतियोगितालाई सिजी ब्रुअरीको उत्पादन नेपाल आइसले मंगलबारै मुख्य प्रायोजनमा सम्झौता गरेको छ ।
सम्झौतामा क्लबका तर्फबाट महेश कर्माचार्य र नेपाल आइसको तर्फबाट नेपाल आइसका सहायक जनरल म्यानेजर नवीन पौडेलले हस्ताक्षर गरे । सम्झौतासँगै नेपाल आइसले पहिलो र दोस्रोको पुरस्कार राशिसँगै आयोजकको दुई टोलीका लागि जर्सी उपलब्ध गराउनेछ ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.