default_image

7 years ago

April 16, 2019

रुस्लान थ्री स्टार राजर्षि जनक कपको फाइनलमा

142 views

0 Bookmark

सर्लाही (हाम्रो खेलकुद)–रुस्लान थ्री स्टार क्लब सर्लाहीमा जारी तेस्रो संस्करणको राजर्षि जनक गोल्डकपको फाइनलमा पुगेको छ । ए डिभिजन प्रतिद्धन्द्धि नेपाल एपिएफ क्लबलाई २–० ले हराउँदै थ्री स्टार वर्षको पहिलो प्रतियोगिताको फाइनलमा पुगेको छ ।

सन्तोष स्मृति खेल मैदानमा थ्री स्टारको जितमा सुशिल राई र दिनेश राजवंशीले गोल गरे । ३०औं मिनेटमा सुशिलले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए । पासमा अनमार्क रहेका सुशिलले बक्स भित्र वान टचमा गोल गरेका थिए ।

७७औं मिनेटमा डिफेन्डर दिनेश राजंवंशीको प्रहार सिधै गोलमा परिणत हुँदा थ्री स्टार २–० ले अगाडि रह्यो । करिब ३५ यार्ड टाढाबाट गरेको दिनेशको प्रहारलाई एपीएफका गोलरक्षकले बचाउने प्रयास गरेपनि दोस्रो बारको टप कर्नरबाट गोल भएको थियो ।

अन्ततः त्यो अग्रतालाई जोगाउँदै थ्री स्टार अन्तिम दुईमा पुग्यो । थ्री स्टारका दिनेश खेलको म्यान अफ दी म्याच घोषित भए र उनले १० हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा बुधबार आयोजक बागमती नगरपालिका र भुटानको पारो एफसीबीच दोस्रो सेमिफाइनल हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख रुपैयाँ र दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

बागमती युवा क्लब र बागमती नगरपालिकाको संयुक्त आयोजनामा जारी प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको थियो ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.