default_image

7 years ago

April 17, 2019

मेस्सीको दुई गोलसँगै बार्सिलोना सेमिफाइनलमा

146 views

0 Bookmark

एजेन्सी – कप्तान लियोनेल मेस्सीको दुई गोल सहयोगमा स्पेनिस क्लब बार्सिलोना युइएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बार्सिलोनाले इंग्लिस क्लबलाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भएको हो । बार्सिलोना समग्रमा ४–० को जितले अन्तिमा चारमा पुग्न सफल भयो ।

घरेलु मैदान नोउ क्याम्पमा मंगलबार राति भएको खेलमा बार्सिलोनालाई जिताउन लियोनेल मेस्सीले दुई तथा फिलिपे कौटिन्होले एक गोल थपे ।

घरेलु मैदानमा बार्सिलोनाले सुरुदेखि नै आक्रमक खेल खेल्दा १६औं मिनेटमा मेस्सीले गोलले अग्रता बनाएको थियो । २०औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना पहिलो हाफमा २–० ले अघि बढेको थियो ।

६१औं मिनेटमा फिलिपे कौटिन्होले जोर्डी अल्वाको पासमा गोल गरेपछि बार्सिलोना ३–० ले विजयी हुन सफल भयो ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.