default_image

7 years ago

April 17, 2019

एएफसी कपः मनाङ जित्नेमा आशावादी

121 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी कपको दोस्रो चरणको खेलमा नेपालको लिग च्याम्पियन सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लबले आज इन्डियन सुपर लिग (आइएसएल) च्याम्पियन चेन्नाइयिन एफसीसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल भारतको अहमवादस्थित एरेना रंगशालामा नेपाली समयअनुसार साँझ ७:४५ बजेपछि सुरु हुनेछ । घरेलु मैदानमा बंगलादेशको ढाका अवहानी लिमिटेडसँग १–० ले पराजित भएर अंक गुमाएको मनाङ चेन्नाइयिनविरुद्ध ३ अंक लिने लक्ष्यसहित मैदान उत्रनेछ ।

मनाङका प्रशिक्षक छिरिङ लोप्साङले चेन्नाइयिनविरुद्ध जितका लागि मैदान उत्रने बताएका छन् । ‘हामीले ढाकाविरुद्धको खेलमा राम्रो खेल्दा खेल्दै पनि पराजित हुन पुग्यौ । सानो गल्तीमा हामी पराजित हुन पुग्यौं । यो गल्ती हामी चेन्नाइयिनविरुद्ध दोहो¥याउने छैनौं । हामी निश्चित जितका लागि मैदान उत्रनेछौ’ प्रशिक्षक लोप्साङले प्रि–म्याच पत्रकार सम्मेलनमा भने, ‘पहिलो खेलपछि हामी पुरै दोस्रो खेलमा केन्द्रित भएका छौं । प्रशिक्षण राम्रो भएको छ । जित्न सक्नेमा आशावादी छौं ।’

राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको मनाङसँग नेपाली लिग फुटबलमा छरिता स्ट्राइकर ओलावाले आफिजको साथ पाएपनि मुख्य समस्या स्ट्राइकिङ नै हो । यसलाई सुधार्न जरुरी छ ।

तर, बलियो चेन्नाइयिनविरुद्धको खेल मनाङको लागि सहज हुने छैन । चेन्नाइयिनसँग ब्राजिल र अष्ट्रेलियालगायतका स्तरीय खेलाडीहरु रहेका छन् । मेल्सन अल्भेस, अली साविया र क्रिस हेर्ड जस्ता स्तरीय खेलाडी छन् । यसबाहेक चेन्नाइयिनसँग भारतीय राष्ट्रिय खेलाडी जेजे र सिके भिनिथको पनि साथ रहेको छ ।
मनाङ टोली
गोलरक्षकः विशाल श्रेष्ठ, दिप कार्की, अशोक बराल
डिफेन्डरः विराज महर्जन (कप्तान), कमल श्रेष्ठ, सुरज विक, देवेन्द्र तामाङ, प्रवेश दनुवार, अजिज शाहिद, मुहमद आसिफ
मिडफिल्डरः अन्जन विष्ट, सुजल श्रेष्ठ, विशाल राई, हेमन गुरुङ, प्रकाश बुढाथोकी, शिव श्रेष्ठ, अभिषेक रिजाल
फरवार्डः आफिज ओलावाले ओलाडिपो, आडेलाजा सोमिडे, विमल राना

एएफसी कप समूह चरण खेल तालिका
१ मे – विरुद्ध मिनेर्भा पन्जाब – कालिंगा रंगशाला
१५ मे – विरुद्ध मिनेर्भा पन्जाब – एन्फा कम्प्लेक्स
१९ जुन – विरुद्ध अबहानी लिमिटेड – बंगबन्धु रंगशाला
२६ जुन – विरुद्ध प्लेअफ विजेता – एन्फा कम्प्लेक्स

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.