default_image

7 years ago

April 17, 2019

आर्मीले पनि केल्मीको जर्सीमा खेल्ने

145 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले पनि प्रख्यात खेल सामाग्री कम्पनी केल्मीसँग सहकार्य गर्ने भएको छ ।

आर्मीले दुई वर्षको लागि केल्मीसँग सम्झौता गरेको हो । सम्झौताअनुसार आर्मीले सम्पूर्ण खेल सामाग्री केल्मी कम्पनीकै प्रयोग गर्नेछ ‌। आर्मीको पुरुष तथा महिला फुटबल टोलीले आठौं राष्ट्रिय खेलकुदबाट नै केल्मीको जर्सी लगाइसकेको छ ।

पछिल्लो समय केल्मीले नेपाली फुटबलमा राष्ट्रिय टोली र लिग च्याम्पियन मनाङ मर्स्याङ्दीसँग पनि सहकार्य गरेको छ । राष्ट्रिय टोलीका लागि आधिकारिक जर्सी उत्पादन गरेको केल्मीले एएफसी कप खेलिरहेको मनाङसँग पनि सम्झौता गरेको छ ।

आर्मीले आठौंअन्तर्गत पुरुषतर्फ पहिलो खेलमा प्रदेश २ लाई ५-० ले पराजित गरेको छ । महिलातर्फ भने अार्मीले बिहीबार पहिलो खेल खेल्नेछ ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.