default_image

7 years ago

April 17, 2019

एएफसी कपमा मनाङको दोस्रो हार

152 views

0 Bookmark

अहमादाबाद (एजेन्सी)– सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबले एएफसी कप २०१९ अन्तर्गत समूह चरणमा लगातार दोस्रो खेलमा हार बेहोरेको छ ।

सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबको फुटबल टोली । फाइल तस्बिर

इन्डियन सुपर लिग (आइएसएल) च्याम्पियन चेनइयिनसँग अहमादाबामा बुधबार मनाङ २–० ले पराजित भएको छ । क्रिस्टिोफर हेर्ड र मेलसन एल्भेसको गोलमा घरेलु टोलीले जित हासिल गरेको थियो । चेनइयिनको एएफसी कपमा त्यो पहिलो जित हो ।

हेर्डले ५१ औं मिनेटमा गोलको खाता गोलेका थिए भने त्यसको दुई मिनेटछि एल्भेसले गोल थपेका थिए । दुई खेलपछि चेनइयिनको ४ अंक पुगेको छ । बंगलादेशको ढाका अवहानीको पनि समान ४ अंक छ ।

आजै भएको समूहको अर्को खेलमा ढाका र मिर्नेवा पन्जाबले २२ को बराबी खेलेका छन् । ढाकाले मनाङलाई हराएको थियो । मनाङले मिर्नेवासँग मे १७ मा प्रतिस्पर्धा गर्नेछ ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.