7 years ago
April 18, 2019
एजेन्सी – नाटकीय बनेको खेलमा प्रिमियर लिग प्रतिद्धन्द्धी म्यानचेस्टर सिटीलाई अवे गोलमा पछि पार्दै टोटेनहम हस्टपर युइएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सिटीको मैदानमा भएको दोस्रो लेगमा घरेलु टोलीसँग ४–३ ले पराजित भएपनि समग्रमा ४–४ को बराबरी हुदा अवे गोलमा टोटेनहम अन्तिम चारमा पुग्न सफल भएको हो ।

नाटकीय बनेको खेलको चौथो मिनेटमा नै रहिम स्ट्रलिङको गोलमा घरेल टोली अघि बढेको थियो । तर, सिटीको त्यो अग्रता लामो समय टिकेन । सातौ मिनेटमा ह्युङ मिन सनले बराबरी गोल फर्काए ।

१०औं मिनेटमा ह्युङ मिन सनले अर्काे गोल गरेपछि टोटेनहम २–१ ले अघि बढ्यो । लगत्तै बर्नाडो सिल्भाले गोल गरेपछि खेल २–२ गोलको बराबरी भयो । २१औं मिनेटमा रहिम स्ट्रलिङले गोल गरेपछि सिटीले पहिलो हाफमा ३–२ को अग्रता बनायो ।

५९औं मिनेटमा सर्जियो अग्विरोले गोल गरेपटि सिटीले ४–२ को अग्रता बनायो । ७३औं मिनेटमा फर्नान्डो लोरेन्टेले गोल गरेपछि खेल ४–३ को अवस्थामा पुग्दा अवे गोलमा टोटेनहम रह्यो ।

इन्ज्युरी समयमा अगुएरोले गोल गरेपनि भिएआरको सहायतामा उक्त गोलले मान्यता पाएन । त्यसपछि थप गोल गर्न नसक्दा टोटेनहम अवे गोलका आधारमा अन्तिम चारमा पुग्न सफल भयो ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]