default_image

7 years ago

April 18, 2019

च्याम्पियन्स लिगमा सनको कीर्तिमान

111 views

0 Bookmark

एजेन्सी – दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले दुई गोल गरेपछि टोटेनहम हट्सपरले बुधबार च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान पक्का गरेको छ । म्यानचेस्टर सिटीको घरेलु मैदानमा ४-३ ले पराजित भएपनि अवे गोलको आधारमा टोटेनहम अन्तिम चारमा पुगेको हो ।

बुधबार खेलको चौथो मिनेटमा नै १-० ले पछाडी परेको टोटेनहमका लागि सनले खेलको सातौं र दशौँ मिनेटमा गोल गर्दै २-१ को अग्रता दिलाएका थिए । तर सनको गोलले दिलाएको अग्रता लामो समय टिकेन । बर्नार्डो सिल्भाले एक मिनेटपछि नै बराबरी गोल फर्काउँदा स्टरलिङले २१ औं मिनेटमा गोल गर्दै सिटीलाई अगाडी बढाए ।

सनले यसक्रममा च्याम्पियन्स लिगमा कीर्तिमान भने रचिसकेका थिए । पहिलो लेगमा १-० को जित दर्ता गर्दा एकमात्र गोल गरेका सनले च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने एसियन खेलाडीको रुपमा आफूलाई उभ्याएका छन् । उनले हालसम्म च्याम्पियन्स लिगमा १२ गोल गरिसकेका छन् । यसअघि उक्त कीर्तिमान डिनामो किएभबाट खेल्ने उज्बेकिस्तानका माक्सिम शात्सिकको नाममा रहेको थियो ।

सनले यस सिजन स्पर्सका लागि सबै प्रतियोगितामा २० गोल गरिसकेका छन् । २६ वर्षीय फरवार्डले ह्यारी केनको अनुपस्थितिमा टोटेनहमको आक्रमण सम्हाल्दै गोल गर्ने जिम्मेवारीलाई कुशलतापूर्वक वहन गरेका छन् ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.