7 years ago
April 19, 2019
एजेन्सी – इंग्लिस क्लब आर्सनल युइएफए युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

युरोपा लिग अन्तर्गत बिहीबार राति भएको दोस्रो लेगमा आर्सनलले इटालियन क्लब नेपोलीलाई १–० ले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो ।
आर्सनलले समग्रमा ३–० को जित निकालेको हो । पहिलो लेगमा आर्सनलले २–० को जित हात पारेको थियो । नेपोलीको मैदानमा खेलको ३६औं मिनेटमा एलेसान्द्रे लाकाजेट्टीले गरेको गोल नै आर्सनलको जितमा पर्याप्त बन्यो ।

घरेलु टोलीले आर्सनललाई दवावमा राखेपनि आर्सनलको बलियो रक्षापङ्तिलाई तोड्न नसक्दा पराजित हुन पुग्यो । नेपोलीले ६९ प्रतिशत बल पोजेसन राख्दै २० सट प्रहार गरेपनि गोल गर्न असमर्थ बन्यो ।
बिहीबार राति भएको अर्काे खेलमा जर्मन क्लब फ्रान्कफर्टले पोर्चुगिज क्लब बेन्फिकालाई २–० पराजित गर्दै सेमिफाइनलको यात्राा तय ग¥यो । समग्रमा ४–४ गोलको बराबरी भएपनि फ्रान्कफर्ट अवे गोलमा अघि बढेको थियो ।
अर्काे खेलमा भ्यालेन्सियाले भिल्ला रियाललाई २–० ले तथा समग्रमा ५–१ को जित निकाल्दै सेमिफाइनलमा पुग्न सफल भयो ।
यससँगै युरोपा लिगको सेमिफाइनल समिकरण पुरा भएको छ । इंग्लिस क्लब चेल्सीसँगै जर्मन क्लब फ्रान्कफर्ट र स्पेनिस क्लब भ्यालेन्सियाले अन्तिम चारको यात्रा तय गरे ।
अब सेमिफाइनलमा चेल्सी र फ्रान्कफर्ट तथा आर्सनल र भ्यालेन्सियाबीच खेल हुनेछ । खेल मे ३ मा हुनेछ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]