7 years ago
April 19, 2019
एजेन्सी – ३५ वर्षपछि पहिलोपटक इंग्ल्यान्डका चार क्लबले युरोपियन क्लब फुटबलको दुई ठुला प्रतियोगिता युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

च्याम्पियन्स लिगमा लिभरपुल र टोटेनहम हस्टपर तथा युरोपा लिगमा चेल्सी र आर्सनल सेमिफाइनलमा प्रवेश गरेसँगै सन् १९८३÷८४ को सिजनपछि यो सम्भव भएको हो ।
पछिल्लो समय इंग्लिस फुटबल चर्चित मानिने भएपनि टिमहरुले ठुला प्रतियोगिताका सम्मानजनक स्थितिमा पुग्न नसक्दा आलोचना खेपिरहेको थियो । तर, यो सिजन चार क्लबहरु लिभरपुल, टोटेनहम हस्टपर, चेल्सी र आर्सनल सेमिफाइनलमा प्रवेश गरेसँगै इंग्लिस फुटबल सही ट्याकमा फर्किएको सन्देश दिएको छ ।

च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनल समिकरणसँग दुवै लिगमा इंग्लिस क्लब फाइन्लमा पुग्ने उत्तिकै सम्भवाना छ । च्याम्पियन्स लिगमा लिभरपुलले बार्सिलोना तथा टोटेनहमले आयाक्ससँग खेल्दैछ ।
युरोपा लिगमा चेल्सीले जर्मन क्लब फ्रान्कफर्ट तथा आर्सनलले भ्यालेन्सियासँग प्रतिस्पर्धा गर्दैछ । यस्तोमा चारै क्लब फाइनलमा पुग्ने उत्तिकै सम्भावना छ ।

सन् १९८३÷८४ को सिजनमा चार इंग्लिस क्लब तीन ठुला लिगको उपाधिनजिक थिए । लिभरपुल युरोपियन कप, म्यानचेस्टर युनाइटेड विनर्स कप र नथिङहम फरेस्ट र टोटेनहम युइएफए कपको सेमिफाइनलमा पुगेका थिए । लिभरपुलले युरोपियन कप तथा टोटेनहमले युइएफए कप जित्न सफल भयो ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]