default_image

7 years ago

April 20, 2019

ब्यालोन डी’ओरमा रोनाल्डोभन्दा मेसी बलियो

169 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनल चरणका खेलहरु समाप्त भएसँगै यस वर्षको ब्यालोन डी’ओर उपाधि भिडन्तमा पनि यस नतिजाले असर पर्ने देखिएको छ ।

उपाधिका बलिया दावेदारका रुपमा अगाडी आएका क्रिस्टियानो रोनाल्डो र लिओनेल मेसीले फरक नतिजा हात पारेपछि ब्यालोन डी’ओर भिडन्तमा च्याम्पियन्स लिगको नतिजाले असर गर्ने भएको हो । रोनाल्डोको युभेन्टस घरेलु मैदानमा आयाक्ससँग पराजित हुँदै बाहिरिंदा बार्सिलोनाले म्यानचेस्टर युनाइटेडलाई पाखा लगाउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । रोनाल्डोले दुवै लेगमा गोल गरेपनि टोलीलाई जितसम्म पुर्याउन भने सकेनन् ।

यसैक्रममा म्यानचेस्टर युनाइटेड तथा रियल म्याड्रिडका पूर्व प्रशिक्षक जोसे मोउरिन्होले मेसीलाई रोनाल्डोभन्दा बलियो दावेदारको रुपमा हेरेका छन् । ‘मेसीले युनाइटेडविरुद्ध कठिन रणनीतिमा पनि राम्रो प्रदर्शन गरे । मेसीले आफ्नो स्तर अनुसार प्रदर्शन गरेपछि युनाइटेड पराजित हुन पुग्यो । यसले उनलाई ब्यालोन डी’ओर का लागि पनि सहयोग गर्नेछ,’ उनले भने ।

उनले बार्सिलोना र लिभरपुलको सेमिफाइनल खेल निकै राम्रो हुने बताए । ‘बार्सिलोना लिभरपुलभन्दा केहि राम्रो दर्जाको देखिएपनि खेल प्रतिस्पर्धात्मक हुनेछ । मेसीका लागि ब्यालोन डी’ओर पक्का गर्ने अवसर पनि त्यहि हुने अपेक्षा गरेको छु । रोनाल्डो च्याम्पियन्स लिगबाट बाहिरीसकेको हुँदा मेसीको सम्भावना बढी छ,’ मोउरिन्होले थपे ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.