default_image

7 years ago

April 20, 2019

म्यानचेस्टर सिटी टोटेनहमसँग खेल्दै

122 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा आज साँझ म्यानचेस्टर सिटीले घरेलु मैदानमा टोटेनहम हस्टपरको सामना गर्दैछ । खेल साँझ ५ः१५ बजे सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा हुदैछ ।

प्रिमियर लिग उत्तरार्धमा रहँदा निकै रोमाञ्चक बनेको उपाधि होडमा म्यानचेस्टर सिटी र लिभरपुल रहेको छ । त्यसैले सिटीलाई टोटेनहमविरुद्धको खेल निकै महत्वको छ । म्यानचेस्टर सिटी पाहुना टोलीलाई पराजित गर्दै लिगको शीर्षस्थानमा उक्लने योजनामा हुनेछ ।

एक खेल कम खेलेको सिटी शीर्षस्थानको लिभरपुलभन्दा २ अंकले पछि छ । टोटेनहमलाई पराजित गरे सिटीले शीर्षस्थानमा एक अंकको अग्रता बनाउनेछ ।

सिटीले च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा टोटेनहमलाई पराजित गरेपनि अवे गोलको आधारमा टोटेनहम अघि बढ्दा सिटी क्वाटरफाइनलबाटै बाहिरिन पुगेको थियो । क्वाटरफाइनलबाटै बाहिरिनु परेको पीडा सिटीले प्रिमियर लिगमा देखाउने छ । सिटी पहिलो राउन्डमा १–० ले विजयी भएको थियो ।

सिटीले प्रिमियर लिगमा टोटेनहमविरुद्धको पछिल्ला तीनै खेलमा सफलता हात पारेको छ । यो खेलमा पनि सोही प्रदर्शनलाई निरन्तरता दिने लक्ष्यमा सिटी हुनेछ । सिटीका लागि मुख्य हतियार सर्जियो अग्विरो हुनेछ । उनलाई रहिम स्ट्रलिङ, लिरोए साने, गाब्रियल जेसस, केभिन डि ब्रुयन, बर्नाडो सिल्भा र फर्नाडिन्हो जस्त खेलाडीले साथ दिनेछन् ।

यता, लिगको तेस्रो स्थानमा रहेको टोटेनहम सिटीलाई पराजित गर्दै अर्काे सिजनको च्याम्पियन्स लिगको लागि स्थान बलियो बनाउने लक्ष्यमा हुनेछ । टोटेनहमको ३३ खेलबाट ६७ अंक रहेको छ । जुन चौथो स्थानको आर्सनलको भन्दा एक अंक बढी हो ।

च्याम्पियन्स लिगमा सिटीविरुद्ध अवे गोलका कारण सेमिफाइनलको यात्रा तय गरेको टोटेनहम उच्च मनोवलका साथ मैदान उत्रनेछ । तर, सिटीसँगको खेलमा टोटेनहमको इतिहास राम्रो छैन ।

सिटीको मैदानमा पछिल्ला ८ भेटमा टोटेनहमले समान १ जित र बराबरीको नतिजा निकाल्दा ६ खेलमा हार बेहोरेको छ । पछिल्ला खेलमा उच्च प्रदर्शन गरिरहेका ह्युङ मिन सन टोटेनहमको मुख्य हतियार हुनेछ । उनलाई फर्नान्डो लोरेन्टे, लुकास मौरा र क्रिस्टियन इरिक्सनले साथ दिनेछ । चोटका कारण ह्यारी केन र इरिक डेयर सिटीविरुद्ध खेल्ने छैनन् ।

प्रिमियर लिगमा आजका अन्य खेलहरु
बर्नमाउथ विरुद्ध फुलहम (७ः४५ बजे)
हडर्सफिल्ड विरुद्ध वाटफोर्ड (७ः४५ बजे)
वेस्टह्यामविरुद्ध लेस्टर सिटी (७ः४५ बजे)
वल्भ्सविरुद्ध ब्राइटन(७ः४५ बजे)
न्यु क्यासल विरुद्ध साउथ ह्याम्पटन (१०ः१५ बजे)

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.