default_image

7 years ago

April 27, 2019

चेल्सीमा हजार्डको विकल्प कौटिन्हो !

149 views

0 Bookmark

एजेन्सी – लन्डन क्लब चेल्सीले आउँदो समर ट्रान्सफरमा ब्राजिल तथा स्पेनिस क्लब बार्सिलोनाका प्ले मेकर फिलिपे कौटिन्होलाई अनुबन्ध गर्ने प्रयास गरेको छ ।

चेल्सीले बेल्जियन फरवार्ड इडेन हजार्डको विकल्पमा कौटिन्होमाथि पहिलो नजर राखेको हो । हजार्ड यसै समरमा स्पेनिस महारथी रियाल म्याड्रिडमा अनुबन्धन हुने सम्भावना बढेको छ । रियालमा नयाँ प्रशिक्षक जिनेदिन जिदान आएसँगै उनले हजार्डलाई अनुबन्ध गर्ने प्रयास जारी राखेका छन् ।

उनलाई अनुबन्ध गर्न असफल भए चेल्सीले फ्रेन्च क्लब लिलेका निकोलस पेपेलाई अनुबन्ध गर्ने योजना बनाएको छ । पेपेलाई अर्काे इंग्लिस क्लब लिभरपुल, म्यानचेस्टर युनाइटेड र एभर्टनले पनि अनुबन्ध गर्ने योजना बुनेका छन् ।

अघिल्लो सिजन बार्सिलोना आएका कौटिन्होले पहिलो रोजाईमा कमै मात्रामा मौका पाएका छन् । टेलिफुटका अनुसार हजार्डको विकल्पमा कौटिन्हो चेल्सीमा सबैभन्दा उत्तम हुने उल्लेख गरेका छन् ।

‘हजार्ड र कौटिन्होको गोल, असिस्ट र खेल्ने शैली एकै छ । हजार्डले जति पनि गोल र असिस्ट गरेका छन् । त्यति नै क्षमता कौटिन्होमा छ ।’ टेलिफुटमा उल्लेख छ ।

कौटिन्हो गत सिजनको जनवरी ट्रान्सफरमा १४६ मिलियन पाउन्डमा लिभरपुलबाट बार्सिलोना पुगेका थिए । बार्सिलोनाले पनि कौटिन्होलाई बेच्न चाहेका कारण उनी प्रिमियर लिगमा अनुबन्ध हुन सक्नेछन् ।

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

Success

Thank you for your time.