6 years ago
April 25, 2019
इलाम (हाम्रो खेलकुद) – चौथो संस्करणको मेची नेत्रालय मेचीनगर गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु हुदैछ ।
काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) को आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजकले क्यामरुनको दाउफिन्फ फुटबल परिवारसँग प्रतिस्पर्धा गर्दै छ । खेल काँकडभिट्टा माविको खेल मैदानमा दिउसो ३ बजेपछि शुरु हुनेछ ।
प्रतियोगितामा विभिन्न १० टोलीको सहभागिता रहेको छ । सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक मेची नेत्रालयसँगै दाउफिन्स, सिएमजी क्लब संकटा, नेपाल पुलिस क्लब र भुटानको पारो एफसी रहेको छ ।
समूह ‘बी’ मा धारन फुटबल क्लब, च्यासल युथ क्लब, त्रिभुवन आर्मी क्लब, माइभ्याली फुटबल क्लब र रुस्लान थ्री स्टार क्लब रहेका छन् ।
प्रतियोगिताको विजेताले १० लाख १ हजार रुपैया पाउनेछन् । दोस्रो हुनेले नगद ५ लाख १ हजार पाउनेछ । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले नगद १ लाख १ हजार रुपैया हात पार्नेछन् ।
बेस्ट फरवार्ड, बेस्ट मिडफिल्ड, बेस्ट डिफेन्स, बेस्ट कोच, बेस्ट गोलकिपर र राइजिङ प्लेयरले जनही २१ हजार पाउने आयोजकले जनाएको छ ।
हरेक खेलको म्यान अफ दि म्याचले ११ हजार नगद पाउनेछ । प्रतियोगिताको फाइनल खेल २१ बैशाखमा हुनेछ ।
December 15, 2024
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बार्यन म्युनिखले शनिवार सिजनको पहिलो हार बेहोरेको छ। भिन्सेन्ट कम्पोनीको टोली बार्यन माइन्जसँग २-१ ले पराजित भएको हो। माइन्जका लागि दुवै गोल दक्षिण कोरियाली फरर्वाड लि जे सुङले गरे । बार्यनका लेरोय सानेले गोल गरे। रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै सुङले ४१ औं मिनेटमा पहिलो गोल गरे । ६० औं मिनेटमा […]
December 15, 2024
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार शीर्षस्थानको लिभरपुल र तेस्रो स्थानको आर्सनलले अलग अलग खेलमा बराबरी खेलका छन् । खेलको अन्त्य तिर गोल फर्काउँदै लिभरपुल फुलह्यामसँग हारबाट जोगिएको हो । आर्सनलले एभर्टनसँग गोलरहित बराबरी खेलेको छ। १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको लिभरपुल दुई पटक खेलमा पछि परेर पनि बराबरी गर्न सफल रह्यो। लिभरपुलका […]
December 15, 2024
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगामा शनिवार रातो भालेसानोसँग ३-३ को बराबरीमा रोकिएको छ । बार्सिलोनासँग अंक बराबरी गर्दै शीर्ष स्थानमा जाने मौकालाई रियलले चुकाएको छ । खेलमा भालेसानोले २-० को अग्रता जोगाउन सकेन । भालेसानोका उनाइ लोपेज, अब्लुद मुमिन र इसी पालेजोन तथा रियलका फेडरिको भाल्भेर्डो, जुड बेलिङघम र रोड्रिगोले गोल गरे । लोपेजले […]