7 years ago
April 27, 2019
पेरिस (एजेन्सी)– फ्रान्सेली युवा खेलाडी केलियन एमबाप्पलेलाई धेरैले भविष्यको सुपरस्टारका रुपमा हेरेका छन् । २० उमेरमा प्राप्त गरेको सफलताका आधारमा उनीलाई भविष्यको ठूलो खेलाडीका रुपमा हरिएको हो । २० वर्षको उमेरमा बार्सिलोनाका सुपर स्टार लियोनल मेस्सीले जति सफलता प्राप्त गरेका थिए एमबाप्पले त्यो भन्दा राम्रो प्रदर्शन गरेका छन् ।

फ्रान्सेली फरवार्ड विश्व कप विजेतामा समावेश भइसकेका छन् भने पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट खेल्दै थुप्रै कीर्तिमान बनाइसकेका छन् । अर्जेन्टिनाका लागि मेस्सीले २० वर्षको उमेरमा प्राप्त गरेको सफलता भन्दा बढी त्यहि उमेरमा फ्रान्सका लागि एमबाप्पेले गरिसकेका छन् ।
एमबाप्पले मोनाको, पिएसजी र फ्रान्सका लागि ९६ गोल गरिसकेका छन् । जबकी अहिले एमबाप्पे रहेको उमेरमा मेसीले देश र क्लबका लागि ३० गोल मात्र गर्न सकेका थिए । च्याम्पियन्स लिगमा मात्र एमबाप्पेले १४ गोल गरिसकेका छन् । जबकी मेस्सीले २० वर्षमा ११ गोल गरेका थिए भने अर्का सुपर स्टार क्रिस्टियानो रोनाल्डोले २ गोल मात्र गरेका थिए ।
महान खेलाडीको तुलाना गर्नु उपयुक्त मानिन्न तर, एबाप्पले विस्तार आफलाई सफल खेलाडीका रुपमा उभ्याउने कोशिस गरेका छन् । आउने वर्षहरुमा उनी समर्थकहरुको चासोमा रहने अनुमान गर्न सकिन्छ ।
मेस्सीसँगै एमबाप्पे युरोपियन गोल्डेन बुटको दाबेदारका रुपमा रहेका छन् । मेसीले भन्दा उनले यो सिजन ३ गोल मात्र कम गरेका छन् । मेसीले आफ्नो खेल जीवनको उत्कृष्ट मध्येको यो सिजनलाई पनि एक मानेका छन् ।
मेसी शनिबार स्पेनिस लिगमा लेभान्टेविरुद्ध उत्रनेछन् भने एमबाप्पेलेको पिएसजीले फ्रेन्च कपमा आइतबार रिनेसको सामना गर्नेछ ।
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]