7 years ago
April 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरमाथि ४–१ को फराकिलो जित दर्ता गर्दै सिएमजी
क्लब संकटा चौथो मेची नेत्रालय मेचीनगर गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ ।

काँकडभिट्टा माविको खेल मैदानमा शनिबार भएको खेलमा संकटाको जितमा फोफाना फोडेले ह्याट्रिक तथा क्रिस्टियनले गोल गरे । आयोजकका बिमल घर्तीमगरले एक गोल फर्काए । खेलको सुरुवातबाटै आयोजकमाथि दबाब सृजना गरेको संकटाले २२औ मिनेटमा अग्रता बनायो । डिवक्सभित्र पाएको पासमा गोलरक्षक किशोर गिरीलाई विट गराउदै फोफोना फोडेले सुरुवाती अग्रता दिलाए ।
२९औं मिनेटमा फोडेले नै गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । अर्का बिदेशी खेलाडी इके क्रिस्टियनको क्रस पासलाई हेडर मार्फत जाली चुमाउदै उनले अग्रता दोव्वर बनाए । ४४औ मिनेटमा क्रिस्टियनले डि बक्सभित्र गरेको पासमा फोडेले गोल गर्दै ह्याट्रिक पुरा गरे । ५५औ मिनेटमा क्रिस्टियनल वान भर्सेस वानमा गोल गदै टिमलाई फराकलो जिततर्फ डोर्याए । अनमार्क रहेका क्रिश्टियनले २० यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।
काँकडभिटाका लागि खेलको ८० औं मिनेटमा बिमल घर्तीमगरले सन्तवना गोल फर्काए । डि बक्स नजिकैबाट बिमलले गरेको फ्रि किक गोल भएको थियो । निशान्त लिम्बुलाई संकटाका खेलाडीले फल गरेपछि पाएको फ्रि किक मार्फत मगरले गोल फर्काएका हुन् ।
खेलको म्यान अफ द म्याच बिजेता टीमका लागि ह्याट्रिक गरेका फोफोना फोडे भए । उनले नगद ११ हजार रुपैंयाँ पुरस्कार पाए । आइतबारको खेल त्रिभुवन आर्मी क्लब र धरान फुटबल क्लब सुनसरीबीच हुने छ । प्रतियोगितामा बिजेता टीमले १० लाख १ हजार र उपबिजेता टीमले ५ लाख १ हजार रुपैंयाँ पुरस्कार पाउने छ ।
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]