default_image

7 years ago

April 27, 2019

आत्मघाती गोलमा एट्लेटिको विजयी

147 views

0 Bookmark

एजेन्सी – एकमात्र आत्मघाती गोलको मद्दतमा एट्लेटिको मड्रिड विजयी भएको छ ।

स्पेनिस ला लिगा अन्तरगत शनिबार राति भएको खेलमा एट्लेटिकोले आफ्नै मैदानमा भएको खेलमा रियल भालाडोलिडलाई १–० ले पराजित गरेको हो ।

खेलमा एट्लेटिकोले दवाव सिर्जना गरेपनि जितका लागि दोस्रो हाफमा आत्मघाती गोलको साहरा लिनुपरेको थियो ।

खेलको ६६औं मिनेटमा एन्टोइन ग्रिजमनको प्रहारलाई बचाउन खोज्दा जोआक्वीन फर्नान्डिजले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । त्यसपछि पनि एट्लेटिकोले गोल गर्ने प्रयास गरेपनि असफल हुदा त्यही आत्मघाती गोल नै जितमा पर्याप्त बन्यो ।

यो जितसँगै बार्सिलोनाको उपाधि यात्रा लम्विएको छ । एट्लेटिको बराबरी वा पराजित भएको अवस्थामा बार्सिलोना चरा खेल अगवावै ला लिगा च्याम्पियन बन्ने थियो ।

एट्लेटिकोले शीर्षस्थानको बार्सिलोनासँगको अंक दुरी ६ मा झारेको छ । एट्लेटिकोको ३६ खेलबाट ७४ अंक पुगेको छ । एक खेल कम खेलेको बार्सिलोनाको ८० अंक छ ।

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

Success

Thank you for your time.