default_image

7 years ago

April 28, 2019

मेसीको गोलमा बार्सिलोना ला लिगा च्याम्पियन

149 views

0 Bookmark

एजेन्सी – कप्तान लिओनेल मेसीले एकमात्र गोल गरेपछि क्याटलान क्लब बार्सिलोना ३ खेल अगावै स्पेनिस ला लिगा च्याम्पियन बनेको छ । ला लिगा अन्तरगत शनिबार राति भएको खेलमा लेभान्टेमाथि १–० को झिनो तथा महत्वपुर्ण जित निकाल्दै बार्सिलोना ती खेल अगावै च्याम्पियन बन्न सफल भएको हो ।

तीन खेल अगावै च्याम्पियन बन्ने क्रममा बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिको मड्रिडलाई ९ अंकले पछि पार्यो । बार्सिलोनाले ३५ खेलबाट ८३ अंक जोड्दा दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको समान खेलबाट ७४ अंक रहेको छ ।

बार्सिलोनाको यो उपाधि पछिल्लो ११ वर्षमा आठौं हो भने समग्रमा २६औं उपाधि हो । बाँकी तीनै खेलमा एट्लेटिको विजयी र बार्सिलोना पराजित भएको अवस्था आएपनि बार्सिलोना च्याम्पियन बन्ने पक्का थियो ।

घरेलु मैदान नोउ क्याम्पमा बार्सिलोनाको झिनो जितमा वैकल्पिक खेलाडी कप्तान लियोनेल मेस्सीले गोल गरे । मेस्सी दोस्रो हाफको सुरुमै फिलिपे कौटिन्होको स्थानमा मैदान प्रवेश गरेका थिए ।

उनले खेलको ६६औं मिनेटमा आर्टुरो भिडालको पासमा गोल गर्न सफल भएका थिए । खेलभर बार्सिलोनाले लेभान्टेलाई दवावमा राखेपनि गोल गर्न भने सफल भएन । ८९औं मिनेटमा लेभान्टेका इनिस बार्धीको प्रहार पोस्टमा लागेर फर्कदा बराबरीबाट चुक्यो ।

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

Success

Thank you for your time.