default_image

7 years ago

April 28, 2019

रोनाल्डोले युभेन्टसलाई हारबाट जोगाए

135 views

0 Bookmark

एजेन्सी – सुपरस्टार क्रिस्टियानो रोनाल्डोले गोल गरेसँगै युभेन्टस इटालियन सिरी ‘ए’ मा हारबाट जोगिएको छ । युभेन्टस इन्टर मिलानसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

इन्टर मिलानले घरेलु मैदानमा शनिबार राति भएको खेलमा सातौ मिनेटमा राज्दा नेइङगोलानको उत्कृष्ट गोलबाट खेलमा अग्रता लिन सफल भएको थियो । उनले माटियो पोलिटानोको पासमा गोल गरेका थिए ।

एक गोलपछि पनि इन्टर मिलानले युभेन्टसलाई दवावमा राख्न सफल भएपनि दोस्रो हाफमा रोनाल्डो चम्कदा बराबरी खेल्न बाध्य बन्यो । रोनाल्डोले ६२औं मिनेटमा मिरालेम प्यानिचको पासमा बराबरी गोल फर्काए । रोनाल्डोको यो करियरकै ६०० औं गोल पनि हो ।

त्यसपछि थप गोल हुन नसक्दा खेल १–१ गोलको बरारीमा सकिदा दुवै टोलीले अंक बाँडे । बराबरीसँगै युभेन्टसको ३४ खेलबाड ८८ अंक पुगेको छ । इन्टर मिलान समान खेलबाटै ६२ अंक जोडेर तेस्रो स्थानमा छ । नेपोली ६७ अंकसहित दोस्रो स्थानमा छ ।

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

Success

Thank you for your time.