default_image

7 years ago

April 28, 2019

टोटेनहम वेस्टह्यामसँग स्तब्ध

111 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम हस्टपर वेस्टह्याम युनाइटेडसँग स्तब्ध बनेको छ ।

शनिबार राति भएको खेलमा टोटेनहम घरेलु मैदानमा वेस्टह्यामसँग १–० ले स्तब्ध बनेको हो । वेस्टह्यामका मिचेल एन्टोनियोले दोस्रो हाफमा गोल गरे । टोटेनहमको नयाँ मैदानमा यो पहिलो हार पनि हो ।

खेलभर टोटेनहमले दवाव सिर्जना गरेपनि वेस्टह्यामको बलियो रक्षापङ्ति तोड्न असफल बन्यो । लगातार पास्ट आक्रमण बुनेपनि टोटेनहमले दोस्रो हाफमा गोल खान पुग्यो । ६७औं मिनेटमा मिचेलले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । उनले मार्काे अर्नाउटोभिचको पासमा गोल गर्न सफल भएका थिए । अग्रतालाई वेस्टह्यामले जोगाइराख्न सफल हुँदा टोटेनहमलाई स्तब्ध बनायो ।

हारपछि टोटेनहम ३६ खेलबाट ७० अंक जोडेर तेस्रो स्थानमा यथावत छ । वेस्टह्याम ४६ अंक जोडेर ११औं स्थानमा छ ।

प्रिमियर लिगका अन्य खेलका नतिजाहरु
क्रिस्टल प्यालेस विरुद्ध एभर्टन (०–०)
साउथह्याम्पटन विरुद्ध बर्नमाउथ (३–३)
ब्राइटन विरुद्ध न्यु क्यासल (१–१)

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

Success

Thank you for your time.