7 years ago
April 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू-१९ च्याम्पियन्सिपको छनोट चरण अन्तर्गत समूह ए को दोस्रो खेलमा नेपाल उज्बेकिस्तानसँग ४-० ले पराजित भएको छ ।

म्यानमारको मन्डलेस्थित मन्डलाथिरि रंगशालामा नेपाल पहिलो हाफमा १-० ले पछाडी परेको थियो । दोस्रो हाफमा उज्बेकिस्तानले ३ गोल थपेको थियो ।
प्रतियोगिताको पहिलो खेलमा अष्ट्रेलियासँग ११-१ को फराकिलो हार बेहोरेको नेपाल लगातार दोस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिने सम्भावना बढेको छ ।
समूहको अर्को खेलमा आज अष्ट्रेलिया र म्यानमार खेल्दैछन् । म्यानमारले पहिलो खेलमा उज्बेकिस्तानलाई १-० ले पराजित गरेको थियो ।
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]