7 years ago
April 28, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबारको खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई १-० ले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको छ । अर्को खेलमा च्याम्पियन्स लिगको दौडमा रहेको आर्सनल लेस्टरको मैदानमा पराजित भयो ।

बर्नलीको घरेलु मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा सर्जियो अगुएरोले गरेको गोल नै निर्णायक सावित भयो । उनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार बर्नलीका डिफेन्डरले क्लियर गरेपनि गोललाइन टेक्नोलोजीले गोल भएको देखाएको थियो । यस जितसँगै सिटी लिभरपुललाई उछिन्दै शीर्षस्थानमा उक्लिएको छ ।
त्यसअघि लेस्टर सिटीले घरेलु मैदानमा आर्सनललाई ३-० ले पराजित गरेको थियो । गोलरहित रहेको पहिलो हाफपछि लेस्टरले आर्सनललाई दबाबमा राख्दै दोस्रो हाफमा ३ गोल गर्यो । उसका लागि फरवार्ड जेमी भार्डीले २ तथा युरी टिलेमान्सले सुरुवाती गोल गरे ।
अंक तालिकामा सिटी ३६ खेलमा ९२ अंकसहित शीर्ष स्थानमा रहँदा लिभरपुल ९१ अंकसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको टोटेनहमको ३६ खेलमा ७० अंक छ भने चेल्सीले ३५ खेलमा ६७ अंक जोडेको छ ।आर्सनलको ३६ खेलमा ६६ र म्यानचेस्टर युनाइटेडको ३५ खेलमा ६४ अंक छ । आइतबार अन्तिम खेलमा चेल्सी र म्यानचेस्टर युनाइटेड भिड्दैछन् ।
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]