default_image

7 years ago

April 28, 2019

युनाइटेड र चेल्सी बराबरीमा रोकिए

151 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी)– चेल्सीले प्रिमियर लिगमा यो सिजन कम्तीमा शीर्ष चारमा पर्ने सम्भावनालाई थप मजबुत बताएको छ । प्रिमियर लिगमा आइतबार म्यानचेस्टर युनाइटेडसँगको खेलमा चेल्सीले १–१ को बराबरी गर्दै अंकतालिकाको चौथो स्थानमा यथावत रहेको छ ।

११ औं मिनेटमा हुवा माटाको गोलबाट युनाइटेडले अग्रता लिएको थियो । लुके शले दिएको पासमा माटाले गोल गरेका थिए । तर चेल्सीले मध्यान्तरअघि नै गोल गर्दै खेललाई बराबरी ल्याएको थियो । मार्कोस अलन्सोले चेल्सीका लागि बराबरी गोल गरेका थिए ।

दुवै टोलीले थप गोलका लागि मौका पाएका थिए तर सफल हुन सकेनन् । प्रिमियर लिगका शीर्ष चारका दाबेदार टोलीले यो साता जित हासिल गर्न सकेनन् । टोटेनह्याम वेस्ट ह्यामसँग १–० ले पराजित भयो भने आर्सजनल लेस्टर सिटीसँग ३–० ले हार्यो ।

आइतबारको नतिजापछि चेल्सी चौथो स्थानमा यथावत रहेको छ । अन्तिम दुई खेलब बाँकी रहँदा चेल्सी तेस्रो स्थानको टोटनेह्याम भन्दा २ अंकले पछि र पाँचौ स्थानको आर्सनल भन्दा १ अंकले माथि छ । छैटौं स्थानमा रहेको युनाइटेडको ६५ अंक छ ।

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

Success

Thank you for your time.