default_image

7 years ago

April 29, 2019

पुछारको भालेकानोसँग रियल म्याड्रिडको हार

128 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा रियाल म्याड्रिडले खराव प्रदर्शनलाई निरन्तरता दिदा फेरि अर्काे हार बेहोरेको छ ।

ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा रियल म्याड्रिड रेलिगेसन जोनको रायो भालेकानोसँग १–० ले स्तब्ध बनेको हो । भालेकानोले खेलको २३औं मिनेटमा एड्रियन इमबार्बाले गरेको पेनाल्टी गोल नै रियललाई पराजित गर्न पर्याप्त बन्यो । जेसस भालेजोले जाभी गुरेरालाई फल गरेपछि प्राप्त पेनाल्टीमा एड्रियनले गोल गरेका थिए ।

त्यही गोललाई भालेकानोले जोगाइराख्न सफल हुदा रियलले पाएका मौकालाई सदुपयोग गर्न नसक्दा पराजित हुन पुग्यो । निकै खराव सिजन गुजारेको रियलको यो सिजन ला लिगामा १०औं हार हो ।

रियलको ३५ खेलबाट २० जित र ५ बराबरीबाट ६५ अंकसहित तेस्रो स्थानमा यथावत छ । रियललाई पराजित गरेको भालेकानो ३१ अंकसहित रेलिगेसनको जोनको १९औं स्थानमा छ ।

ला लिगाका अन्य खेलका नतिजाहरु
भ्यालेन्सिया विरुद्ध एइवार (०–)
जिरोना विरुद्ध सेभिया (–०)
रियल सोसिडाड विरुद्ध गेटाफे (–१)
भिल्लारियल विरुद्ध एसडी हुएस्का (१–१)

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

Success

Thank you for your time.