7 years ago
May 6, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएका छन् ।

प्रिमियर लिग अन्तरगत आइतबार राति भएको खेलमा आर्सनल ब्राइटनसँग तथा म्यानचेस्टर युनाइटेड हडर्सफिल्डसँग समान १–१ गोलको बराबरीमा रोकिएका हुन् ।
घरेलु मैदान इमिरेट्स स्टेडियममा आइतबार राति भएको खेलमा आर्सनलले सुरुवाती अग्रता जोगाउन सकेन । नवौं मिनेटमा प्राप्त पेनाल्टीलाई पिएर इमिरिक औवामियाङले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, ६१औं मिनेटमा ब्राइटनले पनि पेनाल्टीमार्फत नै बराबरी गोल फर्काउन सफल भयो । त्यसपछि थप गोल निस्कन नसक्दा खेल १–१ गोलको बराबरीमा सकियो ।
बराबरीमा रोकिएसँगै आर्सनलको शीर्ष चारमा पर्ने सम्भावना न्युन बनेको छ । एक खेल खेल्न बाँकी रहँदा आर्सनल ३७ खेलबाट ६७ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । टोटेनहम ७० अंक जोडेर चौथो स्थानमा छ । ब्राइटन ३६ अंक जोडेर १७औं स्थानमा छ ।
प्रिमियर लिगकै अर्काे खेलमा म्यानचेस्टर युनाइटेड रेलिगेसनमा झरिसकेको हडर्सफिल्डसँग १–१ गोलको बराबरीमा रोकिएको छ ।
घरेलु टोलीमाथि दवाव सिर्जना गरेपनि युनाइटेडले जित निकाल्न सकेन । खेलको आठौं मिनेटमा स्कट टोमिनेले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए ।
६०औं मिनेटमा इसाक मेवेन्जाले बराबरी गोल फर्काए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल १–१ गोलको बराबरीमा सकियो ।
बराबरीमा रोकिएसँगै युनाइटेड च्याम्पियन्स लिगलाई छनोट हुन सकेन । युरोपा लिगमा छनोट हुने होडमा आर्सनल र युनाइटेड रहेको छ । युनाइटेड ६६ अंक जोडेर छैटौ स्थानमा छ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]