default_image

7 years ago

May 6, 2019

रियलको संघर्षपुर्ण जित

124 views

0 Bookmark

एजेन्सी – अग्रपङ्तिका करिम बेन्जेमा र ग्यारेथ बेलको अनुपस्थितिमा मारियानो डियाजले दुई गोल गरेपछि स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडले भिल्लारियाललाई ३–२ को गोल अन्तरमा पराजित गरेको छ ।

घरेलु मैदान सान्टियागो बर्नबेउमा आइतबार राति भएको खेलमा रियललाई संघर्षपुर्ण जित दिलाउन डिफेन्डर जेसस भालेजोले पनि क्लबको लागि पहिलो गोल गरे । भिल्लारियालका जेरार्ड मोरेनो र जोउमी कोस्टाले गोल गरे ।

खेलको दोस्रो मिनेटमा नै डियाजले गोल गर्दै रियललाई खेलमा अघि बढाएका थिए । ११औं मिनेटमा जेरार्ड मोरेनोले बराबरी गोल फर्काए । ४०औं मिनेटमा जेसस भालेजोले गोल गर्दै रियललाई पहिलो हाफमा २–१ को अग्रता दिलाए । भालेजोले रियलका लागि पहिलो गोल गरेका हुन् ।

४९औं मिनेटमा मारियानो डियाजले व्यक्तगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै रियललाई खेलमा ३–१ को अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा कोस्टाले गोल गरेपनि हार टार्न सकेन ।

जितसँगै रियल ३६ खेलबाट ६८ अंक जोडेर तेस्रो स्थानमा यथावत छ । भिल्लारियाल ४० अंकसहित १५औं स्थानमा रहेको छ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.