7 years ago
May 6, 2019
एजेन्सी – फ्रान्सेली मिडफिल्डर फ्रान्क रिबेरीले बायर्न म्युनिख छाड्ने भएका छन् । ३६ वर्षीय रिवेरीको यो सिजनसँगै बायर्नमा सम्झौता सकिँदैछ । उनले सम्झौता नवीकरण नगर्ने मनसायल बनाउदै क्लब छाड्ने घोषणा गरेका हुन् ।

१२ वर्ष बायर्नमा बिताएका रिबेरीले विभिन्न २१ उपाधि जित्न सफल भएका थिए । जसमा ८ बुन्डेस लिगा, १ च्याम्पियन्स लिग र अन्य उपाधिहरु रहेका छन् । बायर्नले सन् २०१२-१३ को सिजनमा च्याम्पियन्स लिग जितेको थियो । उनले त्यसबेला लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछाडी पार्दै युरोपको उत्कृष्ट खेलाडीको अवार्ड जितेका थिए ।
बायर्नमा १२ वर्ष रहँदा रिबेरीले ४२२ खेलमा १२३ गोल गरेका छन् । रिवेरी सन् २००७ मा फ्रेन्च क्लब मार्सेलीबाट बायर्न पुगेका थिए । यो सिजन चोटसँग जुधेका रिबेरीले शनिबार राति ह्यानोभरमाथि ३–१ को जित निकालेको खेलबाट टिममा पुनरागमन गरेका थिए ।

३६ वर्षीय रिबेरीले क्लबको वेबसाइटमा बायर्न आएर आफुले ठुलो सफलता हात पारेको बताएका छन् । ‘गुडवाई भन्नु पक्कै सहज छैन । तर, भन्नैपर्ने हुन्छ । हामीले टिममा रहेर २० भन्दा बढी उपाधि जितेका छौं । मैले यहाँ पाएको सफलतालाई कहिल्यै बिर्सने छैन,’ रिबेरीले भनेका छन् ।
रिबेरीसँगै अर्काे लेजेन्ड आर्जेन रोवेनले पनि यसै सिजन बायर्न छाड्दैछन् । यी दुईको जोडीले बायर्नमा एक दशक तहल्का मच्चाएका थिए । बायर्नका अध्यक्ष कार्ल हेन्ज रुमेनेजीले रिवेरी र रोवेन उत्कृष्ट खेलाडी रहेको बताएका छन् । ‘साँच्चै रिबेरी र रोवेन उत्कृष्ट खेलाडी हुन् । उनीहरुले पछिल्लो एक दशक बायर्नलाई अर्कै उचाईमा पुर्याएका थिए । हामी दुवै उत्कृष्ट खेलाडीलाई सुखद बिदाई गर्नेछौं,’ अध्यक्ष हेन्जले भने ।

बायर्न यो सिजनको पनि बुन्डेस लिगाको उपाधिनजिक छ । बार्यनले अब आरबी लाइपजिग र फ्रान्कफर्टसँग खेल्न बाँकी छ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]