default_image

7 years ago

May 6, 2019

सलाह र फिर्मिनोले बार्सिलोनाविरुद्ध नखेल्ने

145 views

0 Bookmark

एजेन्सी – लिभरपुलका फरवार्डद्वय मोहमद सलाह र रोबर्टो फिर्मिनोले मंगलबार हुने च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनल चरणको दोस्रो लेग चोटका कारण गुमाउने भएका छन् ।

सलाहले शनिबार इंग्लिस प्रिमियर लिग अन्तर्गत न्युकासलविरुद्ध खेलमा गोलरक्षक मार्टिन दुब्राभ्कासँग जुध्दा चोट बोकेका थिए । टाउकोमा चोट बोकेका सलाहलाई स्ट्रेचरमा राखेर मैदानबाहिर लागिएको थियो । प्रशिक्षक योर्गेन क्लोपले सोमबार पत्रकार सम्मेलनमा बोल्दै सलाहले बार्सिलोनाविरुद्ध खेल्न नसक्ने स्पष्ट पारेका छन् ।

अर्का फरवार्ड फिर्मिनोले भने चोटका कारण न्युकासलविरुद्ध खेल पनि गुमाएका थिए । ‘ हामीले विश्वका उत्कृष्ट मध्यका दुई फरवार्डको साथ गुमाएका छौं । र हामीले ४ गोल गर्नुछ,’ क्लोपले भने, ‘ खेल पक्कैपनि सहज हुने छैन । तर हामी यस सिजनको च्याम्पियन्स लिगलाई उचित रुपमा अन्त्य गर्न पुरै ९० मिनेट आफ्नो सक्दो प्रयास गर्नेछौं ।’

यता बार्सिलोनाले भने लिभरपुलका दुई खेलाडी खेल्न नसक्ने भएपछि सहानुभूति प्रकट गर्दै ट्वीट गरेको छ । ‘ यो स्तरको खेल विश्व स्तरीय खेलाडीको लागि हुने गर्छ । शीघ्र स्वास्थ्य लाभको कामना ।’ बार्सिलोनाको ट्वीटमा लेखिएको छ ।

जारि सिजन लिभरपुलका लागि सलाहले २६ गोल तथा फिर्मिनोले १६ गोल गरेका छन् । सलाह र फिर्मिनोसँगै मिडफिल्डर नाबी केइटा पनि चोटका कारण बार्सिलोनाविरुद्ध खेल्ने छैनन् । लिभरपुलले लगातार खेलाडी चोटका कारण गुमाउँदा बार्सिलोनाले भने लिग खेलमा ११ खेलाडीलाई विश्राम दिएको थियो ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.