default_image

7 years ago

May 6, 2019

जनगाल र पद्मज्योती विजयी

130 views

0 Bookmark

काभ्रे (हाम्रो खेलकुद)– जनगाल युथ क्लब र पद्मज्योति काभ्रे बोडर काभ्रेमा जारी नेपाल आइस बीबीसी कपमा विजयी भएका छन् ।

बनेपा पोलिटेक्निक इन्स्टच्युटको फुटबल मैदानमा सोमबार भएको खेलमा जनगालले तिमाल फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै विजयी भएको हो । निर्धारित समयको खेल १–१ गोलका बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जसमा जनगालले बाजी मा¥यो । जनगालका गोलरक्षक पाल्साङ शेर्पा खेलको म्यान अफ दि म्याच घोषित भए ।

अर्को खेलमा पद्मज्योतिले पाँचखाल युनाइटेडलाई ३–२ ले पराजित ग¥यो । पद्मज्योतिका सुनदर लवाजुले दुई तथा कभन राउतले एक गोल गरे । पाँचखालका सर्जित आइडु र दिपेश गुरुङले समान १ गोल गरे । पद्मज्योतिका सुन्दर लवाजु खेलको म्यान अफ दि म्याच घोषित भए ।

सोमबारै भएको अर्को खेलमा स्वयम्भु क्लब काठमाडौंले भक्तपुर डिलाइट क्लबलाई १–० ले हरायो । रवि भण्डारीले इन्ज्युरी समयमा गोल गर्दै स्वयम्भुलाई जित दिलाए । रवि नै खेलको म्यान अफ दि म्याच घोषित भए ।

अर्को खेलमा रन्जित गुरुङको ह्याट्रिक मद्दतमा महेन्द्र ज्योति युथ क्लबले नखाती बिकास तथा व्यवस्थापन केन्द्रलाई ३–१ ले पराजित ग¥यो । नखातीका सुनिल लामाले एक गोल फर्काए । रन्जितले खेलको ९, १८ र २८औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । रन्जित नै खेलको म्यान अफ दि म्याच घोषित भए ।

जेठ २ गते सम्म चल्ने प्रतियोगिताको विजेताले २ लाख र दोस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.