default_image

7 years ago

May 6, 2019

एपिएफ सिन्धु कपको सेमिफाइनलमा

114 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन क्लब नेपाल एपिएफ नेपाल आइस चौथो सिन्धु कप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ । फाइनल प्रवेशका लागि एपिएफले बुधबार गोर्खा ब्वाइज रुपन्देहीको सामना गर्नेछ ।

सिन्धुपाल्चोक लामोसाँघु स्थित बसन्तपुर मैदानमा मंगलबार भएको खेलमा एपीएफले १० खेलाडीमा सिमित जिरी स्पोर्टस् क्लब दोलखालाई ४ – ० गोल अन्तरले पराजित गर्याे । एपिएफको जितमा हरि कार्की, सुुमित आले मगर, रवि थिङ र राम कुमार कुमालले १ गोल गरे ।

खेलको २६ औं मिनेटमा हरिको गोलबाट एपिएफले अग्रता लिएको थियो । उनले हेडिङमा गोल गरेका थिए । सुमितले ६४ औं मिनेटमा मिनेटमा गोल गरे । उनले रिवाउण्डमा प्राप्त बलमा गोल गरेका हुन् ।

७७ औं मिनेटमा रामले फ्रिकिकमा तेस्रो गोल गरे । खेल सकिन ३ मिनेट अघि रविले गोल गरे । त्यसको एक मिनेट नबित्दै गोलकिपर सुवास भण्डारीले रातो कार्डको सामना गर्नुपरेपछि जिरी स्पोर्टस् १० खेलाडीमा सिमित भएको थियो । पेनाल्टी बक्स बाहिर आएर बल समातेपछि उनलाई रेफ्रि विश्वास कार्कीले रातो कार्ड देखाएका थिए ।

प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा मंगलबार त्रिभुवन आर्मी क्लब र युथ स्पोर्टस् क्लब आयोजकबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टिमले २ लाख ५० हजार प्राप्त गर्नेछ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.