default_image

5 years ago

May 7, 2019

नेपालले मलेसिया र ताइपेइसँग मैत्रीपुर्ण फुटबल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले दुई मैत्रीपुर्ण फुटबल खेल्ने पक्का भएको छ । आसन्न विश्वकप छनोटको तयारीको लागि नेपालले मलेसिया र चाइनिज ताइपेइसँग दुई मैत्रीपुर्ण खेल खेल्न लागेको नेपाली फुटबलको सर्वाेच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) ले हाम्रो खेलकुदलाई जानकारी गराए । नेपालले यसअघि नै चाइनिज ताइपेईसँग जुन ६ मा […]

32 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले दुई मैत्रीपुर्ण फुटबल खेल्ने पक्का भएको छ ।

आसन्न विश्वकप छनोटको तयारीको लागि नेपालले मलेसिया र चाइनिज ताइपेइसँग दुई मैत्रीपुर्ण खेल खेल्न लागेको नेपाली फुटबलको सर्वाेच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) ले हाम्रो खेलकुदलाई जानकारी गराए ।

नेपालले यसअघि नै चाइनिज ताइपेईसँग जुन ६ मा खेल्ने पक्का गरेपनि मलेसियासँगको मैत्रीपुर्ण खेल मंगलबार मात्र तय भएको एन्फाले जनाएको छ । मलेसियासँगको यसअघिको एक मैत्रीपुर्ण खेल रद्ध भएको थियो ।

मलेसियाले नेपालसँग खेल्नु अघि नै अर्काे मैत्रीपुर्ण खेल खेलेका कारण फिफाले मान्याता नदिदा मलेसिया र नेपालबीचको खेल रद्ध हुन पुगेको थियो ।

सोही रद्ध भएको खेललाई निरन्तरता दिन मलेसिया फुटबल एसोसिएसनले एन्फालाई पुनः खेलको लागि अनुरोध गरेको थियो ।

मलेसियासँगको मैत्रीपुर्ण खेल रद्ध भएपछि नेपालले कुवेतसँग दुई मैत्रीपुर्ण खेल खेलेको थियो । जसमा नेपालले एक बराबरी र एक हारको सामना गरेको थियो ।

जस अनुसार नेपालले जुन २ मा मलेसियाको क्वालालम्पुरमा घरेलु टोलीसँग प्रतिस्पर्धा गर्नेछ । जुन ६ मा नेपालले ताइवानमा चाइनिज ताइपेईसँग प्रतिसपर्धा गर्नेछ ।

सोही मैत्रीपुर्ण खेल र विश्वकप छनोटको दोस्रो चरणको खेलको लागि नेपालले आजबाट प्रशिक्षण सुरु गरेको छ । नेपाली टोलीको मुख्य प्रशिक्षकमा स्वीडिस योहान कालिन रहेका छन् ।

कालिन प्रशिक्षक बनेर आएपछि नेपालले दोस्रोपटक मैत्रीपुर्ण खेल खेल्न लागेको हो । यसअघि नेपालले कुवेतसँग दुई मैत्रीपुर्ण खेल खेलेको थियो ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.