7 years ago
May 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सिनियर पुरुष राष्ट्रिय फुटबल टिमले मलेसिया र चाइनिज ताइपेईविरुद्धको दुई मैत्रीपुर्ण खेलका लागि प्रशिक्षण सुरु गरेको छ ।

टोलीको प्रशिक्षण सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रो ट्रफमा मंगलबारबाट सुरु भएको हो ।
मुख्य प्रशिक्षक योहान कालिनले प्रारम्भिक सुचीमा ४२ जना खेलाडीलाई बोलाएका छन् । यही ४२ जनाबाट अन्तिम टोली निर्माण गरिने प्रशिक्षक कालिनले बताएका छन् ।

विश्वकप छनोटको दोस्रो चरणको तयारीका लागि नेपालले जुन २ मा मलेसिया तथा जुन ६ मा चाइनिज ताइपेईसँग मैत्रीपुर्ण खेल खेल्ने तयारीमा छ । विश्वकप छनोटको दोस्रो चरणको खेलहरु आगमी सेप्टेम्वरबाट सुरु हुदैछ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]