7 years ago
May 7, 2019
लामोसाँघु (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदको स्वर्ण पदक विजेता त्रिभुवन आर्मी क्लब चौथो सिन्धु कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा स्तब्ध भएको छ ।

सिन्धुपाल्चोक लामोसाघु स्थित बसन्तपुर मैदानमा मंगलबार भएको अन्तिम क्वार्टरफाइनलमा आयोजक युथ स्पोर्टस् क्लबसँग २ – १ ले पराजित हुँदै आर्मी प्रतियोगिताबाट बाहिरिएको छ ।
आयोजक टोलीको जितमा सुग्रित मगर र सुरेश खत्रीले गोल गरे । आर्मीका लागि कप्तान राजिव गुरुङले गरेका थिए ।
खेलको २२ औं मिनेटमा सुग्रितले गोल गर्दै आयोजकलाई अघि बढाए । पेनाल्टी बक्स बाहिरबाट उनले प्रहार गरेको बल सिधै गोलमा परिणत भएको थियो । दोस्रो हाफको ११ मिनेटमा राजिवले गोल गर्दै आर्मीलाई खेलमा फर्काए । उनले विवेक बस्नेतको पासमा गोल गरेका थिए ।
तर, त्यो बराबरी लामो समय टिकेन । ६० औं मिनेटमा सुरेशले गोल गरे । सुग्रितको प्रहारमा आर्मीका गोलरक्षक गान्दिभ खड्काबाट रिबाउन्ड भएपनि सुरेशले त्यसमै गोल गेका हुने । आयोजक टोलीका आशिष श्रेष्ठ म्यान अफ दी म्याच घोषित भए र उनले ५ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा बुधबार विभागिय टोली एपीएफ र गोर्खा ब्वाइज क्लब रुपन्देहीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]