7 years ago
May 7, 2019
काभ्रे (हाम्रो खेलकुद) – बनेपा स्पोर्टस् सेन्टर, चाबहिल स्पोर्टस् क्लब र ट्रिटन कलेज काठमाडौंमा काभ्रेको बनेपामा जारी नेपाल आइस बीबीसी कपमा विजयी भएका छन् ।

नेपाल बनेपा पोलिटेक्निक इन्स्टिच्युटको खेल मैदानमा मंगलबार भएको खेलमा बनेपा स्पोर्टस् सेन्टरले सनराइज फुटबल क्लब काभ्रेलाई १–० ले पराजित गेको हो । बनेपाको जितमा स्टेभनले खेलको २१औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ दि म्याच बनेपाका गोलरक्षक विशाल सुनुवार घोषित भए ।
अर्काे खेलमा चाबहिल स्पोर्टस् क्लबले कुशादेवी फुटबल क्लबलाई १–० ले नै पराजित ग¥यो । चाबहिलको जितमा रमेश घिसिङले खेलको ३३औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनी नै खेलको म्यान अफ दि म्याच घोषित भए ।
अर्काे खेलमा काठमाडौंको ट्रिटन कलेजले ड्रिम ब्वाइज क्लब बनेपाको चुनौती १–० ले नै पन्छायो । ट्रिटनको जितमा ब्रिजेश चौधरीले १८औं मिनेटमा गरेको गोल नै निर्णक बन्यो । ट्रिटनका गोलरक्षक मनोज वाइवा खेलको म्यान अफ दि म्याच घोषित भए ।
जेठ २ गते सम्म चल्ने प्रतियोगिताको विजेताले २ लाख र दोस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]