7 years ago
May 8, 2019
एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पीएसजी)का युवा फरवार्ड केलियन एमबाप्पेलाई विश्व कीर्तिमानी २४० मिलियन पाउन्डको प्रस्ताव गर्ने तयारी गरेको छ ।

खराब सिजनबाट गुज्रिरहेको रियल अहिल टिम निर्माणमा जुटेको छ । समर ट्रान्सफर विन्डोमा रियलले खेलाडी अनुबन्धमा मोटो रकम खर्चने पक्का छ । जसमा रियलले चेल्सी तथा बेल्जियन फरवार्ड इडेन हजार्ड, फ्रान्सका पल पोग्वासँगै एमबाप्पे अनुबन्धन गर्ने तयारी गरेको छ । यदि एमबाप्पेलाई रियलले २४० मिलियन पाउन्डको प्रस्ताव राख्ने तयारी गरेको छ । जुन सफल भएमा विश्वको सर्वाधिक महँगा खेलाडी बन्नेछन् । ब्राजिल तथा पीएसजीका अर्का फरवार्ड नेयमार २२२ मिलियन पाउन्डसहित सर्वाधिक महँगा खेलाडी हुन् ।
रियलका प्रशिक्षक जिनेदिन जिदानले टिम निर्माणमा अब कुनै गोप्यता नरहने बताएका छन् । फ्रान्स फुटबलका अनुसार रियलले यो समरमा हजार्ड, त्यसपछि पल पोग्वा र एमबाप्पेलाई अनुबन्ध गर्ने प्रयास थाल्ने बुझिएको छ । फ्रान्स फुटबलका अनुसार २० वर्षीय एमबाप्पेको मुल्य २०१७ पछि आकासिएको हो । हजार्ड, पोग्वा र एमबाप्पेलाई ग्यारेथ बेल, हामेस रोड्रिग्वेज, इस्को र करिम बेन्जेमाको विकल्पको रुपमा हेरिएको छ ।
एमबाप्पेले फ्रान्सलाई विश्वकप जिताउन महत्वपुर्ण भुमिका निभाएका थिए । उनले फ्रान्स तथा पीएसजीका लागि ९४ गोल गरिसकेका छन् । एमबाप्पेले यो सिजन लिग वानमा पीएसजीका लागि ३० गोल गरेका छन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]