default_image

7 years ago

May 8, 2019

एपिएफ भरतपुर गोल्ड कपको क्वार्टरफाइनलमा

130 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लब सिएमएस भरतपुर गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । विरगन्ज युथ लाई १–० ले हराउँदै एपिएफ नारायघाटको क्याम्पाचौरमा जारी प्रतियोगिताको अन्तिम चारमा पुगेका हो ।

एपिएफ क्लबका खेलाडी । फाइल तस्बिर

सुदीप सिख्राकारले ४९ औं मिनेटमा गरेको पेनाल्टी गोल नै खेलको निर्णायक बन्यो । म्यान अफ दी म्याच चुनिएका सुदीपले १० हजार रुपैयाँ प्राप्त गरे ।

अब एपिएफले वैशाख ३१ गते क्वार्टरफाइनलमा रुस्लान थ्री स्टार क्लबको सामना गरेको छ । एजी इन्टरनेसनलले आयोजना गरेको प्रतियोगिताको विजेताले ६ लाख र दोस्रा हुने टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगितामा बिहीबार चितवन–११ र नुवाकोट–११ बीच खेल हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको ‘ए’ डिभिजनसहित १२ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ६ लाख तथा दोस्रो हुनेले ३ लाख रुपैया हात पार्नेछ ।

यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ४० हजार रुपैया हात पार्नेछ । व्यक्तिगत विधाका उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र उत्कृष्ट प्रशिक्षकले जनही २०–२० हजार रुपैया पाउनेछ ।
२४ बैशाखबाट सुरु भएको प्रतियोगिताको फाइनल खेल जेठ ४ गते शनिबार हुनेछ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.